सरकारी कागजात कीर्तेको अभियोग लागेका मालपोत प्रमुख धरौटीमा रिहा

सरकारी कागजात कीर्तेको अभियोग लागेका मालपोत प्रमुख धरौटीमा रिहा

५ कात्तिक, वीरगञ्जं ।
भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख गमबहादुर विक सरकारी कागजात कीर्ते मुद्दामा धरौटीमा रिहा भएका छन्।

पर्सा जिल्ला अदालतमा चलिरहेको मुद्दामा विक दुई लाख २५ हजार धरौटीमा रिहा भएका हुन्। थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

फरार रहेका उनी सोमबार बिहान अदालतमा हाजिर भएका थिए। यसअघि सोही घटनामा जोडिएका भूमिसुधारका कर्मचारी नायव सुब्बा मन्सुर अन्सारी र प्राणनाथ कसजु पनि धरौटीमा रिहा भएका थिए।

यस्तै, नक्कली मोही कीर्ते गर्ने वीरगंज १५ भीस्वाका नागेश्वर राउत कुर्मी र निजका छोरा रनु पटेल पनि धरौटीमा रिहा भएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.