×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

बेलायतमा एक लरी कन्टेनरभित्र ३९ वटा शव फेला

६ कार्तिक २०७६

६ कार्तिक, एजेन्सी । बेलायतको एसिक्समा एउटा लरी कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । लरीमा ३८ जना वयस्क र एक किशोरको शव रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडक ग्रेजमा शव भएको सूचना पाएपछि स्थानीय समयानुसार राति १ः४० तिर एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको बीबीसीले जनाएको छ ।

हत्याको आशंकामा उत्तरी आयरलन्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरिएको छ । वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ ।

एसिक्स प्रहरीले उक्त लरी बुल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको जनाएको छ । एसिक्सका प्रहरी प्रमुख एन्ड्र्यू मरिनरले मृतकको पहिचान गर्ने प्रयास भइरहेपनि समय लाग्ने जनाएका छन् ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले घटना दुःखद भएको र यसबाट आफू स्तब्ध भएको जनाएका छन् । आफुले घटनाबारे निरन्तर जानकारी लिइरहेको र गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन एसिक्स प्रहरीसँग मिलेर काम गर्ने उनले बताए ।

Advertisement
Advertisement

सन् २००० को जुन महिनामा पनि ५८ चिनियाँ आप्रवासीको शव ब्रिटेनको डोभरमा एउटा लरीको पछाडि फेला परेको थियो । त्यसबेला त्यहाँ दुई जना जीवितै थिए । हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई कार्वाही गरिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top