अरुणाको अनुभवः ‘विकेन भनेर हार खायो भने त सिर्जना मर्‍यो नि’

६ कात्तिक ७६, बिहीबार

७ कात्तिक, काठमाडौँ । 

नेपालको अतुलनीय प्राकृतिक र भौगोलिक सुन्दरतालाई रङले सजाउन चित्रकार अरुणा हिङ्माङलाई यतिबेला भ्याइनभ्याइ छ । सन् २०१५ मा भारतको चर्चित डा अम्बेडकर कलाश्री पुरस्कार पाउने नेपाली कला क्षेत्रको पहिलोे कलाकार अरुणा यतिखेर कुचीले ल्याण्डस्केपमा थरीथरी रङ भर्दै छिन् ।

नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० ले उनलाई व्यस्तता बनाएको छ । चित्रकलामार्फत प्रचारप्रसार गर्ने उनले एकल प्रयास गरिरहेकी छिन् । ‘कला भनेको देशको मौलिकता र वास्तविकता हो, हामीले सिर्जनामार्फत मुलुकलाई प्रवद्र्धन गर्न सक्छौँ, विश्वमा प्रचारप्रसार गर्न पनि कला उपयुक्त माध्यम हो, यसपटक भ्रमण वर्षलाई ध्यानमा राखेर भारतमा कला प्रदर्शनीको तयारी गरिरहेकी छु’, अरुणाले भनिन् । आगामी पुसमा हुने एकल कला प्रदर्शनीका लागि ठूलो मेहनत गर्दै छिन् ।

Advertisement

शेफोक्सुन्डो ताल जाने बाटाको हिमनदी र प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाली दृष्यलाई ल्याण्डस्केपमा उतार्दै गर्दाको अर्धदृष्य निकै रमणीय देखिन्थ्यो । तरेली परेर बग्दै गरेको हिमनदीलाई केन्द्रमा राखेर रङ भर्न औधी मन पराउने अरुणा पानीका विविध रुपसँग खेल्न मन पराउँछिन् ।

बिक्री भएका र अरुले मन पराउने उनका चित्रमा धेरै यस्तै प्राकृतिक सुन्दरता र पानीको सङ्गम रहेका थिए । मुलुककै आकर्षक पर्यटकीय क्षेत्रका विविध चित्र कुनै बनिसकेका र कुनै बन्दै गरेका सङ्कलनसँग खेल्दै थिइन् अरुणा । उनको हिमाल, पर्यटकीय क्षेत्र र दृष्य चित्र तथा विभिन्न मौलिक सांस्कृतिका चित्र यसपटकको प्रदर्शनीमा राख्ने तयारी छ ।

तीस वर्षदेखि कला सिर्जनामा तल्लिन दुई सन्तानकी आमा अरुणा समसामयिक चित्रकलामा रुचि राख्छिन् । त्यसमाथि महिलाका पिडा, महिलामाथि भएका हिंसाको उजागर गर्ने उनका चित्रहरुले नेपाली समाजको वास्तविकता झल्काउछ । यस्तै यस्तै चित्र समेटेर नेपालसहित सिङ्गापुर, भारत, मलेसिया, अफगानिस्तानमा एकल कला प्रदर्शनी गरिसकेकी छिन् ।

कलाको अनुभवले खारिएकी सिर्जनात्मक महिला समूह नेपालकी अध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वप्राज्ञ अरुणा कला शिक्षक पनि हुन् । नयाँ कलाकार भौंतारिएर हिँडिरहेको बेला अवसर दिन उनले संस्था स्थापना गरी कलाको विकासमा लागेकी थिइन् । संस्था अहिले पनि क्रियाशील छ ।

स्वअध्ययन र सिर्जना आर्ट ग्यालरीले उनलाई यहाँसम्म पु¥यायो । हुन त उनको पढाइ ललितकलामा थिएन । मेडिकल क्षेत्र हो । सिएमए पढेर हेल्थ असिष्टेन्टमा छात्रवृत्ति पाएकी थिइन् । तर मेडिकल क्षेत्र छाडेर उनले कला सिर्जना रोजिन् । कारण आफ्नो रुचि नै हो भन्छिन् अरुणा । ‘मेरो गुरु प्रकृति हो, प्रकृतिसँग रमाउन र चित्र बनाउन मन पर्छ’ अरुणाले थपिन् ।

विवाहअघि चित्रकलामा ठूलो व्यावसायिकता थिएन । महिला हिंसाविरुद्ध कला सिर्जनामा पोख्त समसामयिकसँगै महिलाको विम्ब भएको अमूर्तकला कोर्ने अरुणाले विवाहपछि व्यावसायिकता हासिल गरिन् । समाज जति शिक्षित हुँदै आएपनि महिलामा पिडा यथावत छ भन्छिन् उनी । दैनिक समाचारमा हिंसाका घटना आइरहेका छन् । त्यसले पनि कला कोर्न उनलाई प्रेरित गर्छ ।

ललितपुरको लेलेमा एक सुस्त मनस्थितिको महिलामाथि भएको हिंसा देखेर मन रोयो । उनले त्यसैलाई बिम्ब बनाएर एउटा चित्र कोरेकी थिइन् । एक जर्मनी नागरिकले घर पत्ता लगाएर चित्र किनेर लगेको उनी सुनाउँछिन् । उनका त्यस्ता चित्र महिलाका विषयमा काम गर्ने विदेशी सङ्घसंस्थाले विशेष पुस्तक निकाल्नसमेत प्रयोग गरेका छन् ।

पहिले ‘अनङ्कुरित आशा’ शीर्षकमा इन्स्टलेशन आर्टमार्फत जनयुद्धको मैदानमा महिलाले भोग्नुपरेको पिडालाई चित्रण गरेकी थिइन् । त्यो कला प्रदर्शनीको देशभर निकै चर्चा भयो ।

कलामा पनि महिलासामू चुनौती छ

एक त चित्रकारिता, त्यसमाथि महिलाको घर गृहस्थी । घर, श्रीमान् र बालबच्चा हेर्दा चित्र छुट्ने । अनि चित्र बनाउन थाल्यो घरबार छुट्ने । अझ व्यावसायिक भैनसकेको नेपाली कला जगतमा चित्रकला कै माध्यमबाट कमाउन नसक्दा अर्को तनाव महिलाले खेप्नुपर्छ ।

महिला भएकैले आफ्नो व्यावहारिकताका अनुभव र देखेका कुरा समेटेर भावना व्यक्त गर्छिन् । कमाइ नहुने समयमा पनि सामग्री किनेर निरन्तर काम गर्नु चित्रकला क्षेत्रको सबैभन्दा ठूलो विपद्को समय रहेको उनको अनुभव छ । ‘घर सम्हाल्नदेखि काम गर्ने र चित्र बनाउनुपर्छ, परिवारले साथ दियो भने सम्भव छ नत्र गाह्रो छ ।’ उनले भनिन् ।

महिलाले काम गर्न सक्दैनन्, उनीहरु कमजोर हुन्छन् भन्ने सोचाइ अझै समाजमा गढेको उनी बताउँछिन् । कलाबाट बाँच्न सकिन्छ भन्ने कुरा अझै सोचनीय अवस्थामा छ । ‘‘पहिलेभन्दा सरल भएको छ, अझै धेरै गर्नुपर्ने छ,’ भन्छिन् अरुणा ।

मेहनत गरे सम्भव छ

नेपाली कला सङ्घर्षको चरणमै रहेकाले कलाकारको अझै भविश्य अन्यौलमा भए पनि मेहनत गरे सफल हुन सकिने उनले बताइन् । भन्छिन्, ‘कलाकारले मेहनत पनि गर्नुपर्छ, अनि धैर्य पनि बिक्री गर्ने भनेर बनाउने होइन, विकेन भनेर हार खायो भने सिर्जना मर्यो नी ।’

कतिपय साथीहरुले एकपटक कला प्रदर्शनी गरेर छाडेको अनुभव सुनाउँदै उनले कला साधना गर्न छाड्न नहुने तर्क गर्छिन् । नेपालमा किन्ने क्रमपनि न्यून रहेको उल्लेख गर्दै उनले भनिन्, ‘राज्यले कला सिर्जना खरीदका लागि बजेट छ्ट्याएकै हुँदैन, किन्न चाहनेले पनि कतैबाट बजेट मिलाएर दिनुपर्ने अवस्था छ, अनि कसरी कलाको व्यवसायीकरण हुन्छ ।’ राज्यबाट महत्व नै नदिएको उनले गुनासो गरिन् ।

विदेशमा पेन्टिङ राखेर ऋण लिन मिल्ने व्यवस्था रहेको प्रसङ्ग जोड्दै उनले नेपालमा पनि व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताइन् । विदेशमा निश्चित ठाउँमा कला लगेपछि त्यहाँ जसको पनि विक्ने सम्भावना हुन्छ । नेपालमा त्यो अवस्था छैन । अनुत्पादक र एसएलसीमा सि ग्रेड आउनेले पढ्ने र काम गर्ने विषय भनेर कलालाई राज्यले नै हेपेको उनले दुखेसो गरिन् । कला क्षेत्रलाई समेत राजनीतिले गाँजेको भन्दै उनले आफू प्राज्ञ हुँदा आधा समय विवादमै बितेको अनुभव सुनाउँछिन् ।

कलामार्फत समाजमा योगदान गरेको भन्दै उनलाई हालै भारतमा भएको एक कार्यक्रमा अन्तर्राष्ट्रिय युथ अवार्ड प्राप्त भएको छ । यसअघि भारतको चर्चित डा अम्वेडकर कलाश्री पुरस्कार, सिम्पल सम्मान, युवा प्रतिभा सम्मान, पोटे«ट सोसाइटी अमेरिकाको अवार्डसमेत प्राप्त गरेकी छिन् ।

अरुणा जस्ता महिला कलाकारहरु झण्डै २५ प्रतिशत रहेको अनुमान गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्य नियमित कला साधना गर्नेहरु निक्कै कम रहेको प्रतिक्रिया दिइन् ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top