×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आलम प्रकरणः तत्कालीन इन्सपेक्टरहरुलाई सोधपुछका लागि बोलाइयो

८ कार्तिक २०७६

८ कार्तिक, काठमाडौं । संविधानसभा निर्वाचनका क्रममा रौतहट २ का तत्कालिन कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घर नजिकै १२ वर्षअघि भएको बम बिष्फोटको घटनापछि सरूवा भएका र सुरूमा अनुसन्धान गरेका प्रहरी अधिकृतलाई सोधपुछका लागि बोलाइएको छ ।

चुनावका बेला राजापुर क्षेत्रमा खटिएका तत्कालीन इन्सपेक्टर इन्द्र सुवेदी र घटनाको अनुसन्धान गरेका इन्सपेक्टर राजीव बस्नेतलाई त्यो बेलाको घटनाबारे थाहा भएका कुरा सोधपुछ गर्न बोलाइएको रौतहटका एसपी भुपेन्द्र खत्रीले बताए । बस्नेत देशबाहिर भएकाले अहिलेका लागि सुवेदीलाई झिकाइएको छ । बस्नेतलाई भने नेपाल फर्केपछि बोलाइने बताइएको छ ।

Advertisement
Advertisement

रौतहट प्रहरीले प्रदेश नम्बर २ प्रदेशका प्रहरीलाई चिठी लेखेर सुवेदी र बस्नेतलाई बोलाउनुपर्ने भनेको थियो । प्रदेशले प्रहरी प्रधान कार्यालयलाई चिठी लेखेको थियो । प्रहरी प्रधान कार्यालयले सुवेदीलाई अनुसन्धानमा सहयोग पु‍र्याउन भन्दै सुवेदीलाई रौतहट जान भनेको छ ।

राजापुर क्षेत्रमा खटिएका तत्कालीन इन्सपेक्टर सुवेदीलाई घटना भएकै साँझ सरूवा गरिएको थियो । आफू चुनावको बेला त्यो क्षेत्रमा खटिएको सुवेदीले बताएका छन् । चुनाव बिथोलिने गरी वा शान्ति सुरक्षालाई खलल पु‍र्याउने घटनाहरूको तत्काल नियन्त्रण गर्ने जिम्मा चुनावमा खटिएको मोबाइल टोलीलाई हुन्छ ।

बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घरनजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका विवरणहरू आएका छन् । बम बनाएकै ठाउँमा विष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विष्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी पठाएका थिए। त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो। घटनास्थलमा ओसीका लुगा र चप्पल थिए। इँटाभट्टाको माटो परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो। तर, प्रयोगशालामा माटो परीक्षण गर्ने प्रविधि नभएको भन्दै यसै फिर्ता पठाइयो।

प्रहरीले आलम र उनका भाइसहित पाँच जनालाई मुद्दा चलाउन भन्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलले मुद्दा चलाउन अस्वीकार गर्यो। उक्त निर्णयलाई महान्यायाधीवक्ता कार्यालयले पनि सदर गरेको थियो। मुद्दा नचल्ने निर्णय भएपछि सिंह र खातुन दुवैले सर्वोच्च अदालतमा रिट दिएका थिए। सर्वोच्चमा रिट विचाराधीन रहेकै बेला खातुनको पनि गोली हानी हत्या भएको थियो। रिट परेको दुई वर्षपछि न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै यसमा थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान आदेश गरेको थियो।

सात वर्षसम्म उक्त आदेश कार्यान्वयन नभएपछि अधिवक्ता पुष्प पौडेलले अदालतको अवहेलना निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै गएको असारमा फेरि सर्वोच्चले पहिलेको आदेश कार्यान्वयनको अवस्थाबारे प्रत्येक महिना प्रतिवेदन बुझाउन महान्यायाधिवक्तालाई भनेको थियो।

Advertisement

त्यही आदेश कार्यान्वयन गर्न अहिले आलमलाई पक्राउ गरिएको हो । बम विष्फोटमा मारिएका ११ र घाइते २ जनालाई जिउँदै इँटाभट्टामा हालेर जलाइएको उक्त घटनाको जाहेरी दिने रूक्सना खातुनलाई पनि गोली हानेर मारेको आरोप आलमलाई लागेको छ ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top