धादिङमा जीप दुर्घटना हुँदा १९ जना घाइते

धादिङमा जीप दुर्घटना हुँदा १९ जना घाइते

१४ कार्तिक, धादिङ । गजुरी गाउँपालिका २ को मलेखु भण्डारा सडक खण्डको तुनि खोलामा बोलेरो जीप पल्टिँदा १९ जना घाइते भएका छन् ।

बिहीबार ताल्तिबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप कच्ची सडकबाट झण्डै २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेहरुलाई उद्धारपछि उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.