ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने २ जना पक्राउ

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने २ जना पक्राउ

१८ कात्तिक, चितवन ।
चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

चितवनका अबिरल पोखरेललाई प्रहरीले पक्राउ गरेको हो। पोखरेलसँगै अर्का एक जना पनि पक्राउ परेका छन्। पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए।

गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने शाहीमाथि आक्रमण भएपछि आक्रमणकारी पक्राउ गर्न नसकिएको भन्दै प्रहरीको आलोचना भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.