सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

१८ कार्तिक, मोरङ । मोरङको बुढिगंगा गाउँपालिका-१ शान्तिचोकमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ८ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख ७२२५ नम्बरको यात्रुबाहक बसले बिपरीत दिशाबाट आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका-४ का ५२ बर्षीय सुवालाल माझी र पछाडी सवार २६ बर्षीय अन्जली माझी घाईते भई उपचारका लागि बिराट मेडिलक कलेज गंगाचोक लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए ।

बस चालक सिराहाको धनगढी माई नगरपालिका-१२ बस्ने बर्ष ३४ को सन्जिव खत्री, बस तथा मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.