भारतविरुद्ध विराटनगरमा नाराबाजी

Share this
733shares

२१ कात्तिक, विराटनगर ।
नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै विराटनगरमा भारतविरुद्ध प्रदर्शन भएको छ । अनेरास्ववियू मोरङ जिल्ला कमिटिको आयोजनामा बिहीबार भएको प्रदर्शनमा सहभागीहरुले भारतले दादागिरी देखाउँदै नेपालको लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई आफ्नो नक्सामा राखेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

Advertisement

जनआन्दोलन चोकबाट सुरु भएको प्रदर्शन हनुमान मन्दिर अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै प्लेकार्डसहित भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।कोणसभामा बोल्दै विभिन्न व्यक्तिहरुले नेपालीहरु देशको सीमा रक्षाका जुनसुकै हदसम्म जान तयार रहने बताएका थिए ।

Advertisement

कालापानीलगायतका नेपाली भूमिसमावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि भारतको नक्साबाट नेपाली भू–भाग हटाउनुपर्ने भन्दै देशका विभिन्न ठाउँमा भारत विरुद्ध प्रदर्शन भईरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top