×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

गोदावरीमा बन्दैछ ३ हजार सिट क्षमताको सभाहल, पाँच महिनामा निर्माण हुने

२२ कार्तिक २०७६

२२ कात्तिक, काठमाडौँ ।

ललितपुरको गोदावरी नगरपालिकामा सरकारले ३ हजार क्षमताको सुविधा सम्पन्न सभाहल निर्माण गर्ने भएको छ । करिब ५२ करोडको लागतमा बन्ने सभा हलकाे ५ महिना भित्र निर्माण सकिने जनाइएकाे छ । सभाहल निर्माण आयोजनाका प्रमुख प्रकृण तुलाधरले काठमाडौंमा ठूलो कार्यक्रमको आयोजना गर्न मिल्ने कुनै पनि सभाहल नभएका कारण गोदावरीमा ठूलो र सुविधा सम्पन्न सभा हल निर्माण थालिएको बताए ।

Advertisement
Advertisement

कस्तो बन्दैछ सभाहल ?
ललितपुरको गोदावरी नगरपालिकामा निर्माण हुने सभाहल ३ हजार सिट क्षमताको र सुविधा सम्पन्न हुनेछ । जुन हालसम्मकै ठूलो सभाहल बन्नेछ । १ सय १२ रोपनीमा बन्न लागेको उक्त सभाहलको चौडाई ४५ मिटर र लम्बाई १ सय ६ मिटर हुनेछ ।

कुल २८२ रोपनी ६ आना ३ पैसा जग्गामध्ये वनस्पति उद्यान क्षेत्रदेखि पश्चिमतर्फ र केशर दरबारको कम्पाउण्ड वालदेखि उत्तरतर्फको जग्गामा उक्त सभाहल निर्माण हुनेछ । जुन जग्गा शहरी विकास मन्त्रालयको स्वामित्वमा रहनेछ । गोदावरीको बसपार्कसँगै जोडिएको जग्गामा यो हल बन्न लागेको हो । सात दोबाटोदेखि ८ किलोमिटर र काठमाडौंबाट लगभग १४ किलोमिटर दुरीमा यो सभाहल बन्न लागेको हो ।

उपत्यकामा ठूलो हलको अभाव भइरहेको बेला सहरी विकास तथा भवन निर्माण विभागले उक्त हल बनाउन लागेको हो । जसको निर्माणको ठेक्का समानान्तर निर्माण सेवाले लिएको छ । अब यो भवन बनेपछि भने ठूलो हलको अभाव टर्ने आयोजना प्रमुख तुलाधर बताउँछन् ।

‘जग्गा खोज्दै हामी भक्तपुर पुगेका थियौं’ आयोजना प्रमुख तुलाधरले भने-‘त्यहाँ राष्ट्र बैंकले जग्गा नदिएपछि गोदावरीमा रहेको सरकारी जग्गामा बनाउने निर्णय भएको हो ।’ सभाहल एक तलाको बन्ने उनले बताए । मूल भवनको दुवैतिर साना साना दुई कोठा पनि हुनेछन् । मुख्य हलको पछाडि पनि केही कोठाहरु हुनेछन् ।

भीआइपीहरु सिधै मञ्चमा आउनु पूर्व बस्नका लागि हलको पछाडि होल्डिङ कोठा बनाइनेछ । हलका दुई भागका साना कोठा मल्टिपर्पोज हल हुन् । हलको अघि रहेको मञ्चको दुवैतर्फ एलइडी स्क्रिन हुने उनले बताए । यसका साथै विभागले यस वर्षभित्रै अर्को ५ हजार सिट क्षमताको हल बनाउने प्रक्रिया थालेको तुलाधरले बताए ।

उक्त ५ हजार सिट क्षमताको हल अन्तर्राष्ट्रिय स्तरको सुविधासहित हुने उनले बताए । भक्तपुरको ठिमीमा निर्माण हुने उक्त सभाहलको पनि डिजाइनिङ भइरहेको उनले बताए । यस वर्षभित्रै टेण्डर आब्हान गर्ने उनले बताए ।

सभाहल निर्माणपछिको अवसर
हालसम्म उचित र सुविधा सम्पन्न सभाहल नभएका कारण कतिपय ठूला कार्यक्रमहरु पनि प्रभावकारी हुने गरेका थिएनन् । सम्मेलनमा जान इच्छुकहरु पनि सिट अभावकै कारण सहभागि हुन नपाउने अवस्था थियो । अब तीन हजार सिट क्षमताको सभाहल निर्माण भइसकेपछि सभाहलमा विदेशी तथा स्वदेशी लगानीकर्ता र अतिथिहरुको उल्लेख्य सहभागिता रहने छ ।

गोदावरीमा भीआईपी मुभमेन्ट बढ्ने
काठमाडौंबाट लगभग १४ किलोमिटर दुरीमा पर्ने उक्त सभाहल निर्माण भइसकेपछि भीआइपी मुभमेन्ट पनि बढ्नेछ ।
यसले पनि समग्र गोदावरी क्षेत्रको व्यापार व्यवसायमा मात्र होइन ललितपुरै आर्थिक विकासमा पनि टेवा पुग्नेछ । आजको दिनमा साँघुरो र खाल्डाखुल्डी भएको सडक व्यापक विस्तार हुनेछ र यातायात आगावमनमा सहज हुनेछ ।

अन्तर्राष्ट्रिय सरहको सभाहल निर्माण पश्चात स्थानीय स्तरका हरेक गतिविधि तथा विकासका कामहरुले तीब्रता पाउनेछन् । गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले सभाहल निर्माण कार्यले स्थानीय उत्साहित भएको बताइन् । उनले सभाहल निर्माण भएपछि हालको खाल्डाखुल्डी रहेको सडक बिस्तार हुनुका साथै पुरै सडक कालोपत्रे हुने बताइन् ।

‘हाल सडक १२/१३ फिट चौडाईको छ’ उनले भनिन- ‘अब सभाहल निर्माण हुने भएसँगै हामीले १६ फिटको सडक विस्तार गर्ने प्रक्रियामा छौं ।’ उक्त सडकमा भीआएपी मुभमेण्ट बढेसँगै स्थानीयस्तरको जग्गाको मूल्य पनि बढ्न सक्नेछ भने भौतिक संरचना निर्माणले पनि गति लिनेछ । यो सभाहल निर्माण सँगै सरकारले लाखौं रुपैयाँ तिरेर होटलका सभाहल भाडामा लिने परिपाटीको अन्त्य हुनेछ ।

सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मलेन केन्द्रलाई संघीय संसद भवनका रुपमा परिणत गरिएको छ । जसको सिट क्षमता ८ सय रहेको छ । यो सँगै अर्को राष्ट्रिय सभाहल हो । यसको क्षमतापनि ५ सय मात्रै छ ।

सभाहल साना हुँदा विदेशी लगानीकर्ता तथा अतिथिहरुलाई बोलाएर गरिने कार्यक्रम प्रभावित हुँदै आएको थियो । हालै सम्पन्न इन्भेस्टमेन्ट समिटमा सहभागिता जनाउन चाहेका धेरै लगानीकर्तालाई सभाहलकै कारण सहभागी गराउन सकिएको थिइन्, आएका लगानीकर्ताहरुलाई पनि सिट नपाएर उभिएरै सहभागि भएका थिए । विभिन्न सभा सम्मेलनहरु सरकारले पाँचतारे होटलहरुमा भाडा तिर्दै कार्यक्रम आयोजना गर्दै आएको छ ।

करिब ५२ करोडको लागतमा तीन हजार सिट क्षमताको सभाहल निर्माण गर्न ठेक्का पनि दिइसकेको बताइएको छ । सहरी विकास तथा भवन निर्माण विभागले उक्त भवन बनाउन लागेको बताइएको छ । नेपालकै हालसम्मको ठुलो सभाहलको पाँच महिनाभित्र सम्पूर्ण निमार्ण सक्ने विभागले जनाएको छ ।

Advertisement

(सन्तोष रोकाय/विकास न्युजबाट)

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top