×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

विशालको अर्धशतकका बाबजुद नेपाली युवा क्रिकेट टोली भारतसँग पराजित

२७ कार्तिक २०७६

२७ कात्तिक, काठमाडौं ।
भारतमा जारी यू–१९ च्यालेन्जर सिरिजमा नेपालले लगातार दोस्रो हार बेहारेको छ । बुधबार भारतको राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा भारत ए सँग भएको खेलमा नेपाल १ सय ७ रनले पराजित भएको हो ।

जितमा लागि २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । य–ू१६ का कप्तान समेत रहेका विशाल विक्रम केसीले सर्वाधिक ७१ रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।

Advertisement
Advertisement

एकतर्फबाट नेपालको निरन्तर विकेट गुम्दा अर्कोतर्फबाट विशालले रन जोडि रहेका थिए । ४३ ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि विशालले १ सय २६ बलमा ११ चौका प्रहार गरे । पहिलो खेलमा भारत सी विरुद्ध टोलीमा नपरेका विशाल तिलक राज भण्डारीको स्थानमा आज मौका पाएका थिए ।

एक सय १८.४ ओभरमा ४९–६ को कमजोर अवस्थामा रहेको नेपाललाई सातौ विकेटका लागि विशालले शेर मल्लसँग ५६ रनको साझेदारी गरेका थिए । नेपालका कुनै पनि शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।

पहिलो ओभरको चौथो बलमा कप्तान रित गौतम ५ रनमा रन आउट हुन पुगे । दुई बलपछि दशरथ कुमारले अर्का ओपनर लोकेश बमलाई शून्यमा पेभिलिएन फर्काएपछि पहिलो ओभरमै नेपाल दबाबमा परेको थियो । आठौं ओभरको दोस्रो बलमा खडक बहादुर बोहरा ३ रनमा एलवी डब्लू आउट भए । नितेश कुमार रेड्डीले १६ ओभरको चौथो बलमा अरुण ऐरीलाई ७ र पाँचौ बलमा कुशल मल्ल शून्यमा पेभिलिएन फर्केका थिए ।

१९ ओभरको चौथो बलमा यू१९ का सर्वाधिक अनुभवी ब्याट्सम्यान हरि बहादुर चौहान शून्यमा आउट भएका थिए । प्रतिश जिसी ६ रनमा बोल्ड आउट भए । तल्लोक्रममा शेर मल्लले ५२ बलमा ३ चौका सहित २१ रनमा एलवी डब्लू आउट भए । आकश चन्द ३६ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे ।
भारतका लागि नितेश कुमार रेड्डी र समिर राजभीले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको भारत ए ४८.२ ओभरमा अल आउट हुँदै २ सय ४७ रनमा समेटिएको थियो । कप्तान ध्रुब चन्द जुरेलले सर्वाधिक ७४ रनको योगदान दिए । जुरेलले ६५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै धरमराई रहेको मध्यमक्रमलाई उकासेका थिए ।

एक समय २५.१ ओभरमा ११५–५ को कमजोर अवस्थामा पुगेको भारतलाई जुरेलले नितेश कुमार रेड्डीसँग छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ इकासेका थिए । जुरेललाई शेर मल्लले ४२ ओभरको तेस्रो बलमा एलवी डब्लू आउट गरे ।

नितेशले ३० रनको योगदान दिए । ओपनर यशस्वी जैशवालले २७ बलमा ५ चौका र २ छक्का सहित ३३ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । जैशवाललाई आकश चन्दले सातौ ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

१२ ओभरको अन्तिम बलमा हरि बहादुर चौहानले जय गोहिललाई ७ रनमा बोल्ड आउट गरे । २० औं ओभरको चौथो बलमा अर्जुन प्रर्साद मुर्थीलाई १३ रनमा शेर मल्लले विकेटकीपर खडक बहादुर बोहराबाट स्टम्पिङ आउट गराए ।

२१ औं ओभरको दोस्रो बलमा साइ सुर्दशन ३४ रनमा रन आउटको शिकार बने । लोकेश बमले रन आउट गर्नु अघि सुर्दशनले ६३ बलमा ३ चौका प्रहार गरे । २६ ओभरको पहिलो बलमा शेरले आकशबाट समिर राजिवीलाई १६ रनमा क्याच आउट गराए । उनले १५ बलमा १ चौका प्रहार गरे । ४८ ओभरको तेस्रो बलमा प्रतिश जिसीले कुमार सिंहलाई २४ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा एलवी डब्लू आउट गरे ।

Advertisement

स्पिनर शेर मल्लले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । आकश चन्दले ९।२ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्रतिस जिसी र हरि बहादुर चौहानको नाममा समान १ विकेट रह्यो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top