खानेपानी, ढल र विद्युतपोल र सडक निर्माणको टेन्डर एकसाथ

खानेपानी, ढल र विद्युतपोल र सडक निर्माणको टेन्डर एकसाथ

२७ कात्तिक, काठमाडौँ ।
नेपाल निर्माण व्यवसायी महासंघले खानेपानी, ढल र विद्युतको पोल र सडक निर्माणको काम एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको खानेपानी, ढल, विद्युतको पोलको निर्माण कार्य एकैसाथ नहुँदा काठमाडौंको सडकको निर्माण कार्य दीगो हुन नसकेको पनि स्पष्ट पारेको छ ।

महासंघका अध्यक्ष रवि सिंहले खानेपानी, ढल र विद्युतको पोलकाकारण सडक निर्माणको काम दीगो हुननसकेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेन्डर आह्वानप्रक्रिया सुरु गर्ने व्यवस्था गर्न सरकारसँग मागगर्नु परेको पनि स्पष्ट पारे । उनले खानेपानीको पाईप र ढलको गुणस्तर नहुदा सडकमा पिँचगर्न समस्या हुने गरेको पनि पटकपटक दोहो¥याए ।

महासंघले सार्वजनिकखरिद नियमावलीतत्काल संशोधन गरी निर्माण व्यवसायमैत्रीबनाउनपनि सरकारलाई दवावदिँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.