कमलाको घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियो)

२७ कात्तिक ७६, बुधबार
Share this
709shares

२७ कात्तिक,काठमाडौं ।
चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक भएको छ। बुधबार उनको ‘चिया छानेको’ बोलको गीत रिपोटर्स क्लब नेपालमा विमोचन गरिएको हो । कमलाको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिको लगानीमा बजामार आएको हो।

Advertisement

गीतमा कमलासँगै अमृत सापकोटाले  आवाज दिएका छन्। गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्य गरेका छन्। भिडियोको छायांकन दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्। भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन्।

रमेश बिजीको शब्द र खेम सेन्चुरीको लय रहेको गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन्। गीतका प्रस्तुतकर्ता शम्भु कुँवरल गीत दर्शकले मन पराउने विश्वास व्यक्त गरे।

Advertisement

कलाकार तथा निर्देशक शंकर बिसीले आफूलाई उक्त गीत तयार पार्नको लागि चूनौती भएको सुनाए। उनले तीन घण्टामै भिडियो तयार पारेर चुनौतीको सामना गरेको उल्लेख गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top