संघीय समाजवादी पार्टी नेपालको संघीयपरिषद् बैठक बस्दै

Party president of FSFN, also the Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav and Coordinator of Naya Shakti Nepal, former prime minister Babu Ram Bhattarai shake hands at the programme organised to declare unification between the two parties to form Samajbadi Party, Nepal, in Kathmandu, on Monday, May 6, 2019. Photo: RSS

२८ कार्तिक, काठमाडौं । संघीय समाजवादी पार्टी नेपालको संघीयपरिषद् बैठक बिहीबार काठमाडौंमा बस्दैछ । मध्यान्ह १२ बजेदेखि प्रज्ञा भवनमा सुरू बैठकमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएदेखि अहिलेसम्मको अवस्थाबारे समेटिएको प्रतिवेदन संघीय अध्यक्ष बाबुराम भट्टराईले पेश गर्दैछन् । परिषद बैठक बिहीबार नै सकिनेछ ।

समाजवादीले शुक्रबार र शनिबारका लागि केन्द्रीय परिषद बैठक डाकेको छ । परिषदका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठक मुख्यगरी दुइटा एजेन्डामा केन्द्रीत हुने समाजवादी पार्टीले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी राजापासँग पार्टी एकीकरण र केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने वा सरकारमा निरन्तरता दिने भन्ने बिषय छलफलका एजेन्डा छन् । समाजवादीभित्र सरकारबाट बाहिरिनुपर्ने आवाज उठेको छ।

राजपाले पनि पार्टी एकीकरणका लागि पहिले सरकार छाड्न समाजवादीसँग माग राख्दै आएको छ । प्रधानमन्त्री ओली समाजवादीका अध्यक्ष यादवसँग रष्ट छन्। सरकारमा बसेर सरकारकै विरोध गरेको भन्दै यादवसँग ओली असंतुष्ट बनेका हुन्।

यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । आफूले सम्हालेको मन्त्रालयमा पनि प्रभावकारी काम गर्न नसकेको भन्दै समाजवादीभित्र पनि सरकारबाट बाहिरिनुपर्ने आवाज उठ्दै आएको छ ।