मालपोत कार्यालय सिरहाका प्रमुख पाँच लाख घुससहित रंगेहात पक्राउ

मालपोत कार्यालय सिरहाका प्रमुख पाँच लाख घुससहित रंगेहात पक्राउ

६ मंसिर, सिरहा । जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राहीसँग १० दिनदेखि रकममा वार्गे्निङ गरिरहेको उजुरीका आधारमा उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।

सुकुम्बासीको नाममा रहेको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण मागेपछि मालपोत पुगेका सेवाग्राहीलाई कागजपत्र दिन आनकान गर्दै उनले घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.