६ मंसिर, उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका ९ भिमा स्थित मदन भन्डारी स्मृति लोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
शुत्ररबार बिहान बेल्टारबाट गाईघाट तर्फ जादै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुदा मोटरसाईकल चालक सुनसरी कालाबन्जर गाउँपालिका ३ बस्ने बर्ष २३ को दिपक बि.क र सोही मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने निजकै दाजु बर्ष २४ को रमेश बि.क घाईते भएका थिए ।
घाईते दुबैजनाको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेकोमा मोटरसाईकल चालक दिपकको दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।