×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

मन्त्री सरकारी भाडाको गाडीमा सरर, मान्दैनन् सरकारी चढ्न !

२२ फाल्गुन २०७४

हेटौंडा — प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले उपलब्ध गराएको बा.२.झ २१४० नम्बरको टाटा जिपको साटो भाडामा लिइएको बा १८ च नम्बरको हुन्डाईको क्रेटा एसएक्स गाडी प्रयोग गरिरहेका छन् ।

महिला तथा बालबालिका कार्यलय सिन्धुलीबाट मगाएर उपलव्ध गराएको गाडी ‘पुरानो’ भन्दै मन्त्रीले चढ्न नमानेपछि भाडामा लिइएको हो।

Advertisement
Advertisement

‘उकालोमा तान्दै नतानेपछि अर्को गाडी भाडामा लिएर व्यवस्था गरेका छौं,’ मन्त्रालयका सचिव बसन्त अधिकारीले भने, ‘हप्ता/१० दिनको लागि हो, अर्को व्यवस्था भएपछि भाडाको गाडी फिर्ता गर्छौं।

’ नीजि सवारी साधन भाडामा लिएपनि दैनिक कति शुल्क तिर्ने भन्ने अझै सम्झौता भएको छैन। ‘उपलव्ध भएमध्येको राम्रो गाडी’ मन्त्रीले चढ्न नमानेपछि मन्त्रालयलाई थप ब्ययभार परेको हो।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले पनि बा २ झ १६०३ नम्बरको बोलेरो जिप नचढी धादिङको बेनिघाट गाउँपालिकाको बा २ झ ३३८० नम्बरको स्कारपियो चढै आएका छन्। भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापितले सरकारले उपलब्ध गराएको सुमो छोडेर क्षेत्रीय शिक्षा निर्देशनालयको टाटा सफारी चढ्छन्।

Advertisement
Advertisement

सामाजिक विकास मन्त्री युवराज दुलालले राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमको स्करपियो जिप र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा महिला तथा बालबालिका कार्यालय हेटौंडाको गाडी चढिरहेका छन्।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top