१४ मंसिर, काठमाण्डौ ।
जाडो महिना लागेसंगै देशभरिकै तापक्रम क्रमिक रुपमा घट्ने भएकाले चिसोबाट बच्नको लागि पूर्वतयारी गर्न मौसमविद्ले सुझाएका छन् ।
बिहान बेलुकी हुस्सु र कुहिरो लाग्ने तथा तराईमा शीतलहर पनि सुरु हुनसक्ने भएकाले सावधानीको लागि पूर्व तयारी गर्न आग्रह गरिएको छ । सामान्यतया मंसिर १५ पछि बिहान हुस्सु र कुहिरो लाग्ने क्रम बढ्ने भएकाले तापक्रम घटाएर चिसो बढाउँछ ।
यस्तै तराईमा लगातार घाम नलाग्दा शीतलहर पनि सुरु हुन्छ । शनिबार, आइतबार र सोमबार देशको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।