साग महिला भलिबलकाे फाइनल भिडन्त आज, नेपाललाई स्वर्णका लागि अवसर

१६ मंसिर ७६, मंगलबार

१७ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बिशेष महत्वका साथ हेरिएको महिला भलिबलको फाइनल खेल  आज हुँदैछ । आज नेपाली महिला भलिबल टोलीले स्वर्णको लागि सागमा सामेलमध्ये सबैभन्दा बलियो टिम भारतको सामना गर्नेछ । आजको फाइनल खेल दिउँसो ४ बजेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा हुनेछ ।

भारत यो प्रतियोगितामा कुनै पनि देशसँग हार नबेहोरी फाइनल पुगेको टिम हो । सोही टिमसँग नेपालले आज स्वर्णका लागि भिड्दैछ । भारतले सागमा ‘महिला भलिबल’ विधा समावेश भएदेखि नै स्वर्ण जित्दै आएको छ । सधैँ भारतको छाँयामा पर्ने गरेको नेपालले भने कास्यमा मात्रै चित्त बुझाउनु परेको सागको इतिहास छ । यसपटकको फाइनल नेपाली टोलीका लागि घरेलु मैदानमै हुँदैछ ।

सागको १३ औं श्रृंखलाको फाइनल आइपुग्न भारतले शनिबार सेमिफाइनमा माल्दिभ्सलाई ३–० को सोझो सेटमै पराजित गरेको थियो । उसले पहिलो सेटमा २५÷१४, दोस्रो सेटमा २५÷६ र तेस्रो सेटमा २५÷१७ ले माल्दिभ्सलाई पराजित गर्दै सहज जीत निकालेको थियो ।

Advertisement

यता नेपालले पनि गत शनिबार नै भएको सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमै पराजित गरेर फाईनलको यात्रा तय गरेको थियो । श्रीलंकामाथिको जीतमा नेपालले पहिलो सेटमा २५÷१४, दोस्रो सेटमा २५÷१८ र अन्तिम सेटमा २५÷२१ को जित निकाल्न सफल भएको थियो ।

नेपाल र भातको भेट यही श्रृंखलामा नभएको भने होइन । यसअघि समूह चरणको खेलमा भारत र नेपालको भेट भइसकेको छ । सो खेलमा भारतले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

धेरैले महत्वका साथ हेरेको यो प्रतिस्पर्धामा भारतलाई जित्दै नेपालले आज नयाँ इतिहाँस रच्न चाहन्छ । उता भारत पनि उच्च मनोबलका साथ पुरानै इतिहाास दोर्हायाउने पक्षमा छ । नेपालका लागि साग महिला भलिबलमा फाइनल खेल यो नै पहिलो हो । यसअघि नेपालले साग महिला भलिबलमा सन् १९९९, २००६ र २०१६ मा कास्यमै चित्त बुझाउनु परेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top