×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

१९ मंसिर २०७६

१९ मंसिर, काठमाडौँ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको भए पनि अपेक्षाकृतरूपमा पर्यटक भित्र्याउन नसकेको निकुञ्जले भ्रमण वर्ष २०२० लाई लक्षित गरी जङ्गल सफारीलाई प्राथमिकता दिएको उनले बताए ।

निकुञ्ज स्थापनाको झण्डै एक दशकपछि पर्यटन पूर्वाधार तयार भएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा निकुञ्जले यहाँका जनप्रतिनिधिलाई जङ्गल सफारी गराएर सफारी खुला गरिएको हो ।

प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक, प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’, उषा पुन, संविधानसभाका पूर्वसदस्य देवराज भार, राप्तीसोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारू, कोहलपुर नगरपालिकाका कार्यवाहक प्रमुख सञ्जुकुमारी थारू, बैजनाथ, कोहलपुर र राप्तीसोनारी गाउँपालिकाका वडाध्यक्षले निकुञ्ज अवलोकन गर्दै भ्रमण वर्षमा बाँके निकुञ्जमा जङ्गल सफारीका लागि सामूहिक अनुरोध गरेका छन् ।

सांसद गहतराजले भ्रमण वर्षका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रमुख गन्तव्यमा पर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकायलाई निकुञ्ज चिनाउने अभियानमा लाग्नुपर्ने बताए । “जिल्लाकै आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्पत्ति निकुञ्ज हामीसँग छ । यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लागौँ”, उनले भने, “हामीले हाम्रो ठाउँबाट जे–जति गर्न सकिन्छ लागेका छौँ, सरोकारवाला निकायका अगुवालाई पनि लाग्न प्रेरित गर्छु ।”

भ्रमण वर्ष २०२० प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बाँके निकुञ्जलाई उत्कृष्ट गन्तव्य बनाउन प्रचारप्रसारको अभाव भएको बताए । उनले भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटकलाई निकुञ्जमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको बासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते निकुञ्ज स्थापना भएको हो ।

बाँके राष्ट्रिय निकुञ्ज नजिक घरवास छन् । यहाँ स्थानीय परिकार खान पाइन्छ । सफारीको व्यवस्थापन घरवास सञ्चालकले नै गरिदिने गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीले बताए । उनका अनुसार, जङ्गल सफारीमा बाघ, चौका, बँदेलजस्ता वन्यजन्तु देख्न सकिन्छ ।

Advertisement

बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमी क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । बाँके निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरेपर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top