१९ मंसिर, पोखरा ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । पोखरामा बिहीबार बिहान बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले ४–४ गोल गरे । यसैगरी अनिता ल्हामु शेर्पा र शान्तिकला राईले २–२ गोल गर्दा कल्पना वलीले एक गोल गरिन् ।