रिसको आवेगमा भोजपुरमा भाईले गरे दाजुको हत्या

रिसको आवेगमा भोजपुरमा भाईले गरे दाजुको हत्या
१९ मंसिर, भोजपुर ।
भोजपुरमा चिर्पट दाउदाले प्रहार गरी भाईले सहोदर दाजुको हत्या गरेका छन । अरुण गाउँपालिका–६ धाउखानीका १८ बर्षीय डिकबहादुर राईलाई आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई विच सामान्य बिवाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा ४० बर्षीय सुवास राई घाईते भएका थिए ।
घाईते भएका राईको घरमै उपचारको क्रममा  बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो । प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.