न्यायपरिषद्कै सदस्यलाई न्यायाधीश सिफारिस गर्ने तयारी भइरहेको भन्दै नेपाल बारको असन्तुष्टि

न्यायपरिषद्कै सदस्यलाई न्यायाधीश सिफारिस गर्ने तयारी भइरहेको भन्दै नेपाल बारको असन्तुष्टि

१९ मंसिर, काठमाडौं । न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेको भन्दै नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।

अनौपचारिक बैठकपछि बिहीबार बारले विज्ञप्ति निकाल्दै तत्काल न्यायाधीश सिफारिस रोक्न मागसमेत गरेको हो ।

न्यायपरिषद्ले न्यायपालिकाको गरिमा घटाउने गरी न्यायपरिषद्का सदस्यलाई न्यायाधीश नियुक्ति गर्ने पद्धत्ति गलत भएको उक्त विज्ञप्तिमा जनाएको छ ।

संविधानको धारा १५३ बोमोजिम गठित न्यायपरिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बोमोसिजम हुनुपर्ने भनाइ बारको छ।

न्यायपरिषद्का सदस्यहरुले न्यायपालिकाको स्वतन्त्र, स्वच्छता र गरिमा कायम राख्ने कुरामा जानकार हुनुपर्ने भनाईसमेत बारको छ।

परिषद् स्रोतका अनुसार आज बिहानै सर्वोच्चको न्यायाधीश सिफारिसको लागि परिषद् सदस्य पदम वैद्यले राजिनामा दिएका छन्। वैद्यलाई न्यायाधीश नियुक्तीका लागि आजै सिफारिस गर्ने तयारी गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.