×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

विश्व कीर्तिमानी अञ्जलीको विवाहपछिको दोस्रो इनिङ

२२ मंसिर २०७६

२२ मंसिर, काठमाडौँ । 

नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन् । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक–दुई विकेट लिने मात्र उनको लक्ष्य थियो । तर साग प्रतियोगिताले उनलाई विश्वस्तरमा चिनायो ।

Advertisement

माल्दिभ्सविरुद्धको खेलमा टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि स्वदेश तथा विदेशमा समेत उनको चर्चा शिखरमा पुगेको छ । सुदुरपश्चिमको बैतडी दशरथचन्द नगरपालिकाका चन्दले माल्दिभ्सविरुद्धको लिग चरणको पहिलो खेलमा दुई दशमलव एक ओभर बलिङमा कुनै रन नदिई छ विकेट लिएपछि उनले विश्व कीर्तिमान कायम गरेकी हुन् । त्यस्तै चन्दले शनिबार पोखरा रङ्गशालामा कास्य पदकका लागि माल्दिभ्सविरुद्ध नै भएको स्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गर्न सफल भइन् ।

‘प्लेयर अफ दी म्याच’ बन्न सफल उनले आफ्नो चार ओभरको बलिङमा जम्मा एक रन खर्चेर चार विकट लिएकी थिइन् । प्रतियोगितामा उहनले ११ विकेट लिन सफल भएकी छिन् । कीर्तिमानी चन्द आफूले प्राप्त गरेको सफलता अकल्पनीय रहेको बताउँछिन् । केही वर्षको अन्तरालपछि टोलीमा स्थान बनाएकाले पनि खेलमा ठूलो सपना नराखेको उनी बताउँछिन् ।

उनी भन्छिन्, “मलाई यति ठूलो सफलता मिल्छजस्तो लागेको थिएन । स्पर्धामा ह्याट्रिक गरेँजस्तो लागेको थियो, तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी भयो भनेपछि बल्ल थाहा पाएँ, त्यसपछि त मेरो खुशीको सीमानै रहेन ।”

सन् २०१५ वैवाहिक जीवनमा बाँधिएपछि उनी क्रिकेटबाट केही वर्ष टाढा भइन्, तर क्रिकेटप्रतिको मायाले उनलाई छाडेन । घरपरिवारको साथ, सहयोग र हौसलाले गत असोजमा सम्पन्न ‘वुमन्स क्रिकेट लिग’ बाट उनी पुनः क्रिकेटमा फर्किइन् । त्यस प्रतियोगितामा समेत चन्दले राम्रो छाप छाड्न सफल भएकी थिइन् । कक्षा ८ मा पढ्दादेखि नै उनले क्रिकेट खेल्न शुरु गरेकी थिइन् ।

खेलकूदमा बाल्यकालदेखिनै उनमा रुचि थियो । “गाउँमा दाइहरूले क्रिकेट खेलेको देखेको थिएँ । एक दिन दाईले केटीहरूको खेल छ, तिमी जान्छौँ भन्नुभयो म गएँ । त्यसपछि मलाई क्रिकेटप्रति रुचि बढ्न थाल्यो”, उनले शुरुआती दिनहरू स्मरण गरिन् । सागमा समेत टोलीले स्वर्ण पदकको सपना देखेको थियो । घरेलु मैदानमा राम्रो क्रिकेट खेलेर स्वर्ण नै जित्ने लक्ष्य रहे पनि त्यो पूरा नभएकामा उनी दुःखी छिन् ।

सागमा नेपाल कास्य पदकमा सीमित भए पनि सन् २०२० मा हुने विश्वकप छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई खुशी दिने उनको सपना छ । टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग स्पर्धा गर्दा लक्ष्य पूरा नभएको बताउँदै उनले थपिन्, “टोलीमा गोल्ड ल्याउने नै सबैको सपना थियो । टेष्ट राष्ट्रसँग खेल्दा कठिन भयो । महिला क्रिकेटमा सरकारले जति सहयोग गर्दछ, त्यति नै राम्रो हुन्छ । देशका लागि सधैँ राम्रो गर्ने ध्यानमा हुनेछौँ ।”

Advertisement

महिला क्रिकेटलाई राज्यले त्यति प्राथमिकता नदिएको उनको बुझाइ छ । खेलाडीलाई सेवासुविधा तथा महिला क्रिकेटका समेत घरेलु लिग सञ्चालन गर्न सकेको खण्डमा नयाँ र राम्रा खेलाडी उत्पादन भएर देशलाई फाइदा पुग्ने विश्वास उनको छ ।रासस

भर्खरको समाचार

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

सम्बन्धित खबरहरु

Scroll to Top