अमेरिकी अनुदानको दुई ‘स्काई ट्रक’ काठमाडौंमा

२२ मंसिर ७६, आइतबार
Share this
772shares

२२ मंसिर, काठमाडौँ ।
अमेरिकी सेनाले नेपाली सेनालाई अनुदान सहयोगमा दिने चार वटा स्काइ ट्रक मध्ये दुईवटा आइतबार काठमाडौं आईपुगेका छन्। पहिलो खेपमा संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले पोल्याण्डमा निर्मित २ वटा पिजेडएल एम–२८ स्काई ट्रक नेपाललाई दिएको हो।

Advertisement

अमेरिकी सेनाको रेखदेखमा नेपाललाई हस्तानान्तरण गरिन लागेका ती स्काइ ट्रक सैन्य प्रयोग मापदण्डअनुसार निर्माण भएका हुन्। दोस्रो खेपमा थप २ जहाज प्रदान गर्नेछ।

अमेरिकी सेनाले २०७२ को महाभूकम्प लगत्तै ४ वटा स्काइ ट्रक पठाउने तयारी गरेको थियो। ती केही पुराना थिए। अहिले दिन लागिएका स्काइ ट्रक ब्रान्ड न्यू हुन्। नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले भूकम्पछि गरेको अमेरिकाको औपचारिक भ्रमणमा यससम्बन्धी सहमति भएको हो।

Advertisement

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेब पाण्डेले आइतबार बिहान करिब साढे दुइ बजे अमेरिकी सहयोगका स्काइ ट्रक नेपाली सेनाको काठमाडौंस्थित हवाइ बेसमा अवतरण भएको जानकारी दिए। त्रिभुवन विमानस्थलस्थित बेसमा दुबै स्काइ ट्रक राखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top