×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रहरी र सरकारी वकिलहरुको सम्मेलन हुने

२ पुष २०७६

२ पुस, काठमाडौँ ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको दोस्रो सम्मेलन पौष ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुलाई एकै ठाउँमा जम्मा गरी अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्ने तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य सहित महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनको समुद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्नुहुने छ भने न्याय प्रशासनसँग सम्बन्धित सबै निकायका उच्च तहका पदाधिकारीहरुको समेत उपस्थिति रहनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले फौजदारी न्याय प्रणाली र प्रशासनसँग सम्बन्धीत सम्मेलन भएकाले न्यायीक कार्यहरुसँग जोडिएका सबै पक्षको समस्टिगत सहभागिता रहने बताए । सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधिसहरुको समेत सहभागिता रहने हुँदा विद्यमान कानूनी व्यवस्था र दैनिक जीवनमा आएका घटना र समस्याहरुमाथि छलफल हुने उनले बताए ।

Advertisement
Advertisement

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र सरकारी वकीलहरुसँग भएका कानूनी र व्यवहारीक अनुभवहरुको विश्लेषण सम्मेलनमा हुने बताए । उनले सम्मेलनबाट आगामी दिनमा गरिने अनुसन्धानलाई थप प्रभावकारी बनाउन सकिने आधारहरु आउने विश्वास समेत व्यक्त गरे ।

Advertisement

तीन दिन सम्म सञ्चालन हुने सम्मेलनमा ३ सय २० जना अनुसन्धानकर्ता प्रहरी अधिकृतहरु, २ सय ७० जना अभियोजनकर्ता सरकारी वकिलहरु र ३५ जना पर्यवेक्षकहरु सहित ६ सय २५ जनाको सहभागिता रहनेछ । सम्मेलनमा मुलुकी अपराध संहिताको कार्यान्वयनको अवस्था, मुलुकी फौजदारी कार्यविधि संहिताको कार्यान्वयनको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था लगायतका विषयमाथि छलफल हुने छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top