आजका प्रमुख खबरहरुः
१.(मृगौला पीडितको आवाज)
सरकारले उपचारमा सहयोग नगरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा मृगौला पीडितहरुको धर्ना / प्रधानमन्त्रीको उपचार राज्यले गर्ने मृगौला पीडितको उपचार कसले गर्ने भन्दै निःशुल्क उपचारको व्यवस्था गर्न माग ।
२.(नक्कलीको बिगबिगी)
नक्कली कागजात बनाई फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिइरहेको अवस्थामा काठमाडौबाट दुई जना पक्राउ / दुई थान ल्यापटप, प्रिन्टर, जिल्ला प्रशासन कार्यालय लेखिएको नागरिकताको नक्कली कार्ड ११ थान बरामद ।
३.(मूल्य समायोजन)
पेट्रोलियम पदार्थको मूल्यमा समायोजन / डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ वृद्धि / नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य ९८ रुपैयाँ प्रतिलिटरको हाराहारीमा ।
४.(रेडिमेट जवाफ)
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वोच्चलाई जवाफ / तीन महिना भित्र सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भए नभएको यकिन गर्ने समिति गठन गरिएको उल्लेख ।
५.(अधिवेशनको एजेन्डा)
संसदको हिउँदे अधिवशेन शुक्रबारदेखि सुरू हुँदै / अधिवेशनको पहिलो एजेन्डा सभामुख चयन रहने भए पनि रिक्त रहेको सभामुख पदकालागि अहिलेसम्म उम्मेदवार तय हुन सकेन ।
६.(आलोचनात्मक सुझाव)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बुधबारको बैठकमा पनि सदस्यहरुको आलोचनात्मक धारणा / कुनै पनि सम्झौताहरु देशको संविधान भन्दा माथि नहुने र दुई देशबीचको सम्झौतामा तेस्रो देशको नाम उल्लेख नगर्न भीम रावलको सुझाव ।
७.(कांग्रेसमा किचलो)
नेपाली कांग्रेसले डाकेको केन्द्रीय कार्य समिति बैठक बस्दै नबसी स्थगित / बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि शुक्रबार दिउँसो बस्ने गरी बैठक स्थगित ।
८.(आयो तालिका)
माघ ९ गते हुने राष्ट्रियसभाको चुनावको कार्यतालिका सार्वजनिक/ पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने / मतदाता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेपछि २५ गते चुनाव चिह्न प्रदान गर्ने ।
९.(दुर्घटनाको दोषारोपण)
अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको सडक विभागका महानिर्देशक केशव शर्माको भनाई / चालक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघको माग ।
१०.(आँखाखोल सरकार)
नेपालमा बढ्दै गएको आप्रवासन समस्यालाई कम गर्न अन्तर्राष्ट्रिय आप्रवासन संगठनको २४ बुँदे सुझाव / आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा ध्यान दिएको श्रममन्त्री रामेश्वर राय यादवको भनाई ।
११.(सचेतनाको आवश्यकता)
वैदेशिक रोजगारीमा जानेहरु अझै पनि काम,कम्पनी र तलब तथा सेवा सुविधाका विषयमा राम्रोसँग जानकार नभएको पाईयो / पर्यटन भिसाको कागजात देखाई श्रम भिसामा जाने क्रम बढ्दो ।
१२.(पक्राउ पर्दै प्रतिबन्धित)
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका सल्यान जिल्ला नेता पदमबहादुर केसी बम बनाउन प्रयोग हुने सागम्री सहित पक्राउ/ केसीको साथबाट पार्टी सदस्यता फारम, नेकपाको सांगठनिक प्रस्ताव, राजनीतिक प्रतिवेदन लगायत बरामद ।
१३.(खेलाडीको कदर)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मापदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरद्वारा सम्मान/ महानगर भित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजनलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ प्रदान ।
१४.(पीपीएलको भिड्न्त)
पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो खेलमा एक्सपर्ट धनगढीलाई १०६ रनले हराउँदै काठमाण्डौ गोल्डेन्सद्वारा पहिलो जितदर्ता /विराटनगर टाइन्टसद्वारा साविक विजेता पोखरा पल्टन ४५ रनले पराजित ।
र,
१५.(मी टू को प्रयोग)
जापानमा ३० वर्षीया पत्रकार सियोरी इतोले जितिन् ३मीटू मुद्दा /बलात्कार गर्ने ५३ वर्षीय पत्रकार नोरियुकी यामागुचीबाट ३४ लाख २७ हजार रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला ।