×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(मृगौला पीडितको आवाज)
सरकारले उपचारमा सहयोग नगरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा मृगौला पीडितहरुको धर्ना / प्रधानमन्त्रीको उपचार राज्यले गर्ने मृगौला पीडितको उपचार कसले गर्ने भन्दै निःशुल्क उपचारको व्यवस्था गर्न माग ।

Advertisement
Advertisement

२.(नक्कलीको बिगबिगी)
नक्कली कागजात बनाई फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिइरहेको अवस्थामा काठमाडौबाट दुई जना पक्राउ / दुई थान ल्यापटप, प्रिन्टर, जिल्ला प्रशासन कार्यालय लेखिएको नागरिकताको नक्कली कार्ड ११ थान बरामद ।

३.(मूल्य समायोजन)
पेट्रोलियम पदार्थको मूल्यमा समायोजन / डिजल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ वृद्धि / नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेलको खुद्रा मूल्य ९८ रुपैयाँ प्रतिलिटरको हाराहारीमा ।

४.(रेडिमेट जवाफ)
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वोच्चलाई जवाफ / तीन महिना भित्र सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भए नभएको यकिन गर्ने समिति गठन गरिएको उल्लेख ।

५.(अधिवेशनको एजेन्डा)
संसदको हिउँदे अधिवशेन शुक्रबारदेखि सुरू हुँदै / अधिवेशनको पहिलो एजेन्डा सभामुख चयन रहने भए पनि रिक्त रहेको सभामुख पदकालागि अहिलेसम्म उम्मेदवार तय हुन सकेन ।

६.(आलोचनात्मक सुझाव)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बुधबारको बैठकमा पनि सदस्यहरुको आलोचनात्मक धारणा / कुनै पनि सम्झौताहरु देशको संविधान भन्दा माथि नहुने र दुई देशबीचको सम्झौतामा तेस्रो देशको नाम उल्लेख नगर्न भीम रावलको सुझाव ।

७.(कांग्रेसमा किचलो)
नेपाली कांग्रेसले डाकेको केन्द्रीय कार्य समिति बैठक बस्दै नबसी स्थगित / बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि शुक्रबार दिउँसो बस्ने गरी बैठक स्थगित ।

८.(आयो तालिका)
माघ ९ गते हुने राष्ट्रियसभाको चुनावको कार्यतालिका सार्वजनिक/ पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने / मतदाता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेपछि २५ गते चुनाव चिह्न प्रदान गर्ने ।

९.(दुर्घटनाको दोषारोपण)
अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको सडक विभागका महानिर्देशक केशव शर्माको भनाई / चालक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघको माग ।

१०.(आँखाखोल सरकार)
नेपालमा बढ्दै गएको आप्रवासन समस्यालाई कम गर्न अन्तर्राष्ट्रिय आप्रवासन संगठनको २४ बुँदे सुझाव / आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा ध्यान दिएको श्रममन्त्री रामेश्वर राय यादवको भनाई ।

११.(सचेतनाको आवश्यकता)
वैदेशिक रोजगारीमा जानेहरु अझै पनि काम,कम्पनी र तलब तथा सेवा सुविधाका विषयमा राम्रोसँग जानकार नभएको पाईयो / पर्यटन भिसाको कागजात देखाई श्रम भिसामा जाने क्रम बढ्दो ।

१२.(पक्राउ पर्दै प्रतिबन्धित)
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका सल्यान जिल्ला नेता पदमबहादुर केसी बम बनाउन प्रयोग हुने सागम्री सहित पक्राउ/ केसीको साथबाट पार्टी सदस्यता फारम, नेकपाको सांगठनिक प्रस्ताव, राजनीतिक प्रतिवेदन लगायत बरामद ।

१३.(खेलाडीको कदर)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मापदक जित्ने खेलाडीहरुलाई ललितपुर महानगरद्वारा सम्मान/ महानगर भित्रका ए डिभिजन क्लबहरुलाई ४ लाख, बि डिभिजनलाई ३ र सि डिभिजन क्लबहरुलाई २ लाख रुपैयाँ प्रदान ।

१४.(पीपीएलको भिड्न्त)
पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो खेलमा एक्सपर्ट धनगढीलाई १०६ रनले हराउँदै काठमाण्डौ गोल्डेन्सद्वारा पहिलो जितदर्ता /विराटनगर टाइन्टसद्वारा साविक विजेता पोखरा पल्टन ४५ रनले पराजित ।

Advertisement

र,
१५.(मी टू को प्रयोग)
जापानमा ३० वर्षीया पत्रकार सियोरी इतोले जितिन् ३मीटू मुद्दा /बलात्कार गर्ने ५३ वर्षीय पत्रकार नोरियुकी यामागुचीबाट ३४ लाख २७ हजार रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top