पत्रकारलाई प्रतिक्रिया दिँदादिँदै पक्राउ परे गान्धीको जीवनीका लेखक रामचन्द्र गुहा

३ पौष, एजेन्सी । भारतको बेङगालुरूमा पत्रकारसँग कुराकानी गर्दागर्दै इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन् ।

बिहीबार बिहान बेङगालुरूस्थित सभागृहमा नागरिकता कानुन संशोधनको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका ६१ वर्षीय गुहालाई पत्रकारलाई प्रतिक्रिया दिइरहेका बेला प्रहरीले पक्राउ गरेको हुन् । गुहा महात्मा गान्धीको जीवनीका लेखक समेत हुन् ।

Advertisement

बिहीबार सभागृह वरिपरि ठूलो समूहमा भेला हुन प्रतिबन्ध लगाएको थियो। त्यसका बाबजुद त्यहाँ नागरिकता कानुन संशोधन विरोधी प्रदर्शन गर्न पुगेका थिए।पत्रकारहरूसँग कुराकानी गरिरहेका गुहालाई एक प्रहरीले तानेर गाडीभित्र हालेको भिडिओ सार्वजनिक भएको छ।

 

Advertisement

पक्राउ पर्दा गुहाले गान्धीको पोष्टर समातेका थिए। उनको कुरा नै सकिने नपाउँदै प्रहरीले उनलाई गाडीभित्र कोचेको थियो। गुहासँगै अरू प्रदर्शनकारीलाई समेत पक्राउ गरिएको छ। भारतमा हालै दुवै सदनबाट पारित भएको नागरिकता कानुन संशोधन ऐनको विरोधमा चर्को प्रदर्शन भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top