सहकारी संस्थाहरुलाई केही ऐनका कारण काम गर्न कठिन

२ पुस ७६, बिहीबार

३ पौष, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार संस्था भएको बताएका हुन् ।

सहकारी संस्थाहरुको केन्द्रीय बैंकका रुपमा सहकारी बैंकले काम गर्नुपर्ने भन्दै खतिवडाले यसका असिमित क्षेत्र भएपनि कानुनी सीमा पनि रहेको कुरा स्मरण गर्न आग्रह गरे । अर्थमन्त्री खतिवडाले सहकारी बैंकले सीमित बैंकिङ कारोबार मात्रै गर्नुपर्ने बताए ।

Advertisement

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी ऐनअनुसार सहकारी संस्थाहरुले के गर्न खोजेपनि विभिन्न ऐनहरुले बाटो बन्द गरिदिने गरेको बताए ।

‘शिक्षामा जान चाहान्छ शिक्षा ऐनले रोक्छ, स्वास्थ्यमा जान चाहान्छ स्वास्थ्य ऐनले रोक्छ विमामा जान चाहान्छ विमा ऐनले रोक्छ’ उनले भने, ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयकका रुपमा ती ३५ वटा ऐनको तगारो हटाउने अन्तिम चरणमा पुगेका छौँ । अब केही सहज हुन्छ ।’

Advertisement

सहकारी बैंकले बिहीबारबाट एटिएम सेवाको पनि सुरुवात गरेको छ । कृषि विकास बैंकसँगको सहकार्यमा एटिएम सेवा सञ्चालन गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top