×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-29-2026 || Nepal Times
Mar 29, 2026
Playing
ट्रम्पविरुद्ध लाखौं अमेरिकी सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्र द र्शन || Nepal Times
Mar 29, 2026
Playing
दीपकपछि देउवाको पालो,सम्पत्ति शुद्धीकरणमा अनुसन्धान,घर भत्काउन रोक || Nepal Times
Mar 29, 2026
Playing
निजी क्षेत्रको सम्पत्तिमा लु टपा ट र आ क्रम ण गर्नेमाथि तत्काल का रबाही || Nepal Times
Mar 29, 2026
Playing
एमालेले आज ७७ जिल्लामा पत्र बुझाउने, कानुनविद्सँग परामर्श लिदै || Nepal Times
Mar 29, 2026
Playing
कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?|| Nepal Times
Mar 29, 2026
Playing
ओली र लेखकलाई आज अदा लतमा उपस्थित गराइँदै|| Nepal Times
Mar 29, 2026
Playing
कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्रा उ|| Nepal Times
Mar 29, 2026
Playing
नेपालमा गृहमन्त्रीहरुको पक्राउः कानूनी राज्य कि प्रतिशोध, वा पात्र खराब?|| Nepal Times
Mar 28, 2026
Playing
ओली पक्राउ पर्दा एमाले उग्र, प्रहरीसंग झडप, प्रदर्शनकारी घाइते, प्रहरीलाई छैन विदा || Nepal Times
Mar 28, 2026

निर्यात व्यापार सन्तोषजनकः राष्ट्र बैंक

५ पुष २०७६

५ पुस, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ ।

यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ ।

Advertisement

चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएको हो ।

भारततर्फ नेपालको तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।

आव २०७६–७७ का चार महिनामा कूल वस्तु आयात छ दशमलव नौ प्रतिशतले घटेर रु चार खर्ब ५० अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रकारको आयात ३५ दशमलव शून्य आठ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट १० दशमलव शून्य नौ प्रतिशतले घटेको छ भने चीनतर्फ भने १२ दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।

आयाततर्फ कच्चा पाम तेल अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ ।

Advertisement

त्यसैगरी आव २०७६–७७ को चार महिनासम्ममा कूल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले सङ्कुचन भई रु चार खर्ब १४ अर्ब दुई करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७ दशमलव शून्य आठ प्रतिशतले वृद्धि भएको थियो । (रासस)

भर्खरको समाचार

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top