गुल्मीको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा तोडफोड

गुल्मीको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा तोडफोड

९ पौष, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा मंगलबार राति तोडफोड भएको छ ।

अज्ञात समूहले गएराति वडाध्यक्षको कार्यकक्षसहित अन्य कोठाहरूमा समेत तोडफोड गरेको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।

वडाध्यक्ष पन्थीले कार्यालय तोडफोड भएको जानकारी पाएपछि आफू कार्यालय जाँदै गरेको र पुगेर हेरेपछि मात्र घटनाको बारेमा विस्तृत थाहा हुने जानकारी दिए ।

घटनाको जानकारी पाएपछि मर्भुङ्ग प्रहरी चौकी सिमलटारीबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । अज्ञात समूहले कार्यालयमा रहेको केही रकमसमेत लुटेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.