आजका प्रमुख खबरहरुः
१.(अह्राएको गरियो)
चिनियाँ प्रहरीको सूचनाको आधारमा १ सय २३ चिनियाँलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरोको भनाई /नक्कली वेव बनाएर पैसा आउने लोभ देखाउँदै ठग्ने गरेको प्रारम्भिक खुलासा/५ दिनको म्याद थप गरी अनुसन्धान जारी ।
२.(मेरी क्रिसमस)
इसाई धर्मावलम्बीहरुले विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाए /बुधबार बिहानैदेखि चर्चहरुमा प्रार्थना गर्ने र खुसियाली साटासाट गर्ने मानिसहरुको भीड ।
३.(क्याम्पसमा राजनीति)
महेन्द्र मोरङ क्याम्पसमा कर्मचारीहरुद्वारा तालाबन्दीमाथि तालाबन्दी /प्रशासनका सम्पुर्ण कामकाज ठप्प /तलब–भत्ता नपाएको बेला विद्यार्थीलाई पिकनिक जान मोबाइल ब्याङ्किङबाट तीन लाख रुपैयाँ उपलब्ध गराएपछि तोडफोड ।
४.(दुई तिहाई होइन बहुमत)
समाजवादी पार्टी नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता /प्रधानमन्त्री स्वयम आफुले गरेको सहमतिबाट एकलौटी रुपमा पछि हटेपछि सरकारमा बस्नुको औचित्य सकिएको उपेन्द्र यादवको भनाई ।
५.(कड्किए भट्टराई)
आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईको भनाई /संविधान संशोधनमा हस्ताक्षर गर्ने तर संविधानको प्रश्नलाई कसैको सपना पुरा हुँदैन भन्नु उपयुक्त नभएको तर्क ।
६.(पाए चुनाव चिन्ह)
राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन आयोगद्वारा निर्वाचन चिन्ह प्रदान /निर्वाचनका सन्दर्भमा सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृतमा नियुक्त ।
७.(खानेपानीमा छलफल)
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास समितिमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि छलफल शुरु /विधेयकको प्रस्तावनामा नै सबैलाई खानेपानीको समान पहुँचको व्यवस्था राख्नुपर्नेमा सांसद्हरुको जोड ।
८.(लाइफ लाइनमा अवरोध)
भारत तर्फको मीरगञ्ज पुल मर्मत गर्ने भन्दै भारतले सवारी रोकेपछि मोरङ– सुनसरीका उद्योग व्यवसाय ठप्प हुने अवस्था सृर्जना/मर्मतका क्रममा रहेको पुल बनिसक्न अझै तीन/चार हप्ता लाग्ने ।
९.(पर्यटनका लागि हारगुहार)
‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौं उपत्यकाका स्थानीय तहलाई सरकारको आग्रह /पर्यटकहरुलाई आकर्षित गर्ने पहिलो गन्तव्य काठमाडौं उपत्यका भएकाले नगरपालिकाहरुको ध्यान जानुपर्नेमा उड्डयनमन्त्रीको जोड ।
१०.(केही हुन्छ कि ?)
ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने यातायात व्यवस्था विभागको प्रस्ताव /ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा ५ हजार जरिवाना लगाउने ।
११.(मनन् योग्य)
पश्चिमी क्षेत्रमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको छाउपडी प्रथा उन्मूलनका लागि गृह मन्त्रालयको कडा निर्देशन /छाउपडी प्रथा हटाउन नमान्नेलाई राज्यले उपलब्ध गराउने सुविधा रोकिने ।
१२.(आन्दोलन ले के दियो ?)
१० दिनसम्म कुखुराका चल्ला उत्पादन बन्द गरेको नेपाल ह्याचरी उद्योग संघद्वारा बुधबारदेखि फेरि चल्ला उत्पादन सुरु/चल्ला उत्पादन बन्द गर्दा १० दिनमा ३२ करोड रुपैयाँ बराबरको नोक्सानी ।
१३.(सावधानी अपनाउ)
पुस १० गते बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने /ग्रहण बिहान ८ः४२ मा शुरु भई ११ः३१ बजे समाप्त हुने /ग्रहणलाई नाङ्गो आँखाले नहेर्न बैज्ञानिक तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिको आग्रह ।
१४.(विराटनगरको भाग्य)
बुटवल ब्लास्टर्सविरुद्ध ६ विकेटको रोमाञ्चक जित निकाल्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको प्लेअफमा पुग्न सफल /जितपछि विराटनगरले अब इलिमिनेटरमा फेरी बुटवलसँग नै खेल्ने ।
र,
१५.(आन्दोलनमय क्रिसमस)
क्रिसमसको पूर्व सन्ध्यामा हङकङमा प्रहरी र प्रजातन्त्रवादी प्रदर्शनकारीबीच झडप /प्रदर्शनकारीद्वारा पेट्रोल बम प्रहार /प्रदर्शनीकारीले क्रिसमसको रमाइलो र सामाजिक व्यवस्था बिगारेको सरकारको आरोप ।