९ पुस, विराटनगर ।
विराटनगर महानगरपालिकाले बिहीबार सार्वजनिक विदा दिने भएको छ । बुधबार महानगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै बिहीबार खण्डग्रास सुर्यग्रहण भएकाले सार्वजनिक विदा दिने निर्णय गरिएको जनाईएको छ ।
प्रशासन शाखा प्रमुख केवलप्रसाद पोखरेलले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘विहीबार खण्डग्रास सुर्यग्रहण लाग्ने भएको कारण यस विराटनगर महानगरपालिका र कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु एवम् नगरक्षेत्रभित्रका शिक्षणसंस्थाहरुमा सार्वजनिक विदा गरिएको व्यहोरा सुचित गरिन्छ ।’
यसैबीच महानगरपालिकाले अर्को सूचनामार्फत नगर प्रहरीको अन्तरवार्ता १४ गते सारिएको जनाएको छ ।
