कालापानी क्षेत्र जोड्ने बाटो सर्भे गरिँदै

कालापानी क्षेत्र जोड्ने बाटो सर्भे गरिँदै

१० पुस, काठमाडौँ ।नेपाल सरकारले व्यास गाउँपालिका–१, छाङरुबाट वडा २ दुम्लिङ जोड्ने घोरेटो बाटो पुननिर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेपछि स्थानीय पूर्वाधार विभागको प्राविधिक टोलीले सर्भेको काम थालेको छ ।

बाटोको निर्माणका लागि स्थलगत अध्ययन तथा सर्भे गर्न स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इञ्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोली मंगलबार दार्चुला पुगेर कार्य क्षेत्रमा आइसकेको टोलीमा सहभागी इञ्जिनियर जनकराज पन्तले बताए ।

मङ्सिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले छाङरुबाट दुम्लिङसम्मको घोरेटो बाटो निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेर आवश्यक बजेकटको व्यवस्थापन गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.