आजका प्रमुख खबरहरुः
१.(सिद्धबाबा उम्किए)
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा रिहा गर्न सुनसरी जिल्ला अदालतको आदेश /अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा आईसीयुबाटै पक्राउ परेका गिरी तीन लाख धरौटीमा छुटे ।
२.(एमसीसी पास हुने)
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भनाई / एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको दावी
३.(सीमाको प्रगति)
भारतसँगको सीमा विवाद समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावालीको भनाई /सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्ध विग्रिएको भन्ने बुझ्न नहुने उल्लेख ।
४.(किसानलाई न्याय देउ)
उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न संसदीय उद्योग समितिको सरकारलाई निर्देशन / चिनी मिलका सञ्चालकहरु भागेकाले खोजी कार्य भइरहेको कृषिमन्त्री घनश्याम भुसालको भनाई ।
५.(ज्यानमारा विधेयक)
नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश / विधेयकले नागरिकको स्वतन्त्रता हनन गर्ने , गोपनियताको हक भंग गर्ने भन्दै सदस्य प्रकाश पन्तद्वारा विधेयकलाई “ज्यानमारा” को संज्ञा ।
६.(कस्तो फाँसीवाद ?)
वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलको आरोप /सिमा विवादको विषयलाई दबाएर लैजान चाहेको सरकारी कदमबाट आशंका पैदा भएको दाबी ।
७.(चिसोले सुतायो)
अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्लामा चार जनाको मृत्यु /घाम नलागेका कारण मध्य तराईका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा अत्यधिक चिसोले जनजीवन प्रभावित ।
८.(जनताका राजा)
जनताको कदर गर्ने राजा वीरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै /राजा वीरेन्द्रसंगै १२ जनाको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्ड अझै रहस्यमय ।
९.(कलेजको मनपरी)
चितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले थप आन्दोलन गर्ने / कलेज सञ्चालकले वार्तामा बस्न रूची नदेखाएपछि विद्यार्थी आन्दोलनमार्फत नै निकास खोज्ने तयारीमा ।
१०.(मेडिकलको दादागिरी)
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विद्यार्थीहरुसँग फेरि अतिरिक्त शुल्क असुलेको खुलासा / मागेको शुल्क नतिरे फाइनल परीक्षाको फर्म भर्न नदिने धम्की दिएको विद्यार्थीको भनाई ।
११.(कोमलको कमाल)
विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता दिनुपर्ने नेकपाकी सांसद कोमल वलीको भनाई / शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुल्क फिर्ताबारे जवाफ दिनुपर्ने माग ।
१२.(विद्यालयमा प्याड)
सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आग्रह / सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट सुभारम्भ ।
१३.(सत्कारको तयारी)
नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पूरा भएको पर्यटन मन्त्रालयको भनाई /जनवरी १ मा राष्ट्रपतिले उद्घाटन र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने /उद्घाटनको दिन दिपावली मनाउन सरकारको आग्रह ।
१४.(मनाङलाई झड्का)
साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणमा पुगेर रोकियो / फ्रेन्ड्स क्लबसँग मनाङ १–१ को बराबरीमा रोकियो ।
र,
१५. (असुरक्षित अमेरिका)
अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु / आक्रमणकारी पनि मारिए / घाइते एक जनाको उपचार हुँदै ।