पक्राउ परेपछि सरकारप्रति खनिए सिपी गजुरेल

पक्राउ परेपछि सरकारप्रति खनिए सिपी गजुरेल

१४ पुस, काठमाडौँ ।
देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेलले सरकारले प्रायोजित रुपमा आफुहरुलाई पक्राउ गरिएको बताएका छन् । सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै गजुरेलले यस्तो बताएका हुन् ।

आफुहरुले प्रशासनलाई कार्यक्रमका विषयमा जानकारी गराएको भएपनि प्रहरीले पक्राउ गर्नु शंकास्पद रहेको टिप्पणी उनले गरे । प्रक्राउ पछि प्रहरीले गरेको व्यवहारले घटना प्रायोजित थियो भन्ने पुष्टि हुने उनको भनाई छ । आफुहरुले प्रधानमन्त्रीलाई भेट्न समय लिन खोजेपनि ‘बेड रेष्ट’मा भएका कारण सम्भव नभएको उनले बताए । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलसँग समय लिएर भेट्न जाँदा प्रहरीले पक्राउ गरेको उनको भनाई छ ।

उनले नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गरेको बताए । प्रहरीले आइतबार राजधानीबाट गजुरेल सहित अन्य केही नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.