मेलम्ची तोकिएकै मितिमा सम्पन्न हुनेमा आयोजनाकै आशंका

मेलम्ची तोकिएकै मितिमा सम्पन्न हुनेमा आयोजनाकै आशंका

१४ पुस, काठमाडौँ ।
बहुचर्चित मेलम्ची खानेपानी आयोजना तोकिएकै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभा अन्तर्गको विकास तथा प्रविधि समितिको सोमबारको बैठकलाई हालसम्मको प्रगती विवरण जानकारी गराउदै आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नै आयोजना तोकिए कै मितिमा सम्पन्न हुनेमा शंका व्यक्त गरेका हुन् ।

आयोजना प्रमुख खत्रीले बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले हालसम्म सन्तोषजनक काम गरेपनि सिएमसिले भुक्तानी दिन बाँकी रकमको लागी आपूर्तिकर्ताहरुको अवरोध हुन सक्ने खतरा, आयोजना प्रभावीत क्षेत्रबाट सडक, खानेपानी लगायतका थप आयोजनाको माग, रोयल्टी बाँडफाँड लगायतका समस्या बाँकी नै रहेका कारण आयोजना समयमा सम्पन्न हुनेमा खतरा कायम रहेको बताए । उनले त्यसका लागि सुरक्षाको विशेष प्रबन्ध गर्नुपर्ने तथा आयोजना प्रभावित जनाताको सडक, खानेपानी लगायतका माग सम्बोधन गर्न आवश्यक रहेको बताए ।

सीएमसीले स्थानीय ठेक्दार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारले ज्याला वापत श्रमिकहरुलाई २ करोड ७३ लाख रुपैयाँ भुक्तानी दिई सकेको छ । इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । कम्पनीले कुनै अवरोध नआए दुई सिफ्टमा काम गरेर भएपनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दाबी गरीरहेको छ । कम्पनीले यो आर्थिक बर्षभित्र पानी काठमाडौंमा खसाल्ने र आउदो आर्थिक बर्षमा आयोजनाको काम सम्पन्न गर्ने गरी ठेक्का पाएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.