१९ पुस, काठमाडौं ।
शनिबार दिउँसो, साँझपख केही स्थानमा वर्षा हुने र बेलुकीपखबाट देशभरकै मौसम सुधारिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता पहाडी भागमा वर्षा तथा हिमाली भागमा भारी हिमपात भइरहेको छ ।
बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको नयाँ मौसम प्रणाली देशको उत्तरपूर्वी भूभाग हुँदै बाहिरिन थालेको मौसमविदको भनाइ छ । महाशाखाका अनुसार, शनिबार बेलुकीपखबाट यो क्रममा सुधार आउने छ ।
तराईका जिल्लाको मौसम हिले सफा भइसकेको र काठमाडौंसहित मध्यका तराईसँगै पूर्वी पहाडी भागमा बेलुका हल्का वर्षा भए पनि त्यसपछि यी क्षेत्रको मौसम सुधारिने मौसमविद् समिर श्रेष्ठले बताए ।
महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान ५ डिग्री सेल्सियस मापन भएको छ ।