×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026

सर्वसाधारणको ‘कम्ब्याट’ फुकाल्दै प्रशासन

१९ पुष २०७६

१९ पुस, काठमाडौँ ।

सरकारले गैरसैनिक (आम सर्वसाधारण) मा निषेधित कम्ब्याट पोशाक ‘फेशन’का रुपमा प्रयोग गएको पाइएको छ । विशेषगरी जाडो मौसममा कम्ब्याट ज्याकेटको प्रयोग बढेको देखिएको हो ।

Advertisement
Advertisement

हाल काभ्रेपलाञ्चोकको प्रमुख बजारमा कम्ब्याट पोशाकका रूपमा पाइन्ट, ज्याकेट र जुत्ता निर्वाध बिक्री वितरण भइरहेका छन् । विशेषगरी पाइन्ट, ज्याकेट मर्मत सेन्टरमा कम्ब्याटको कपडाले ‘फेशन’का रूपमा ज्याकेट सिलाउन माग भइरहेका भेटिन्छन् ।

“जाडो महिनामा कम्ब्याट ज्याकेट फेशन बन्न थाल्यो, त्यसैले पनि कम्ब्याट ज्याकेटको रहरले मगाएँ”, शनिबार बनेपास्थित ज्याकेट मर्मत सेन्टरमा भेटिएका एक युवाले भने । निषेधित कम्ब्याट पोशाक ‘फेशन’का रुपमा प्रयोग हुन थालेपछि जिल्ला प्रहरी कार्यालयलाई यसबारे अनुगमन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

“प्रत्येक प्रहरी युनिटलाई सर्कुलर पठाउन जिल्ला प्रहरी कार्यालयलाई भनेका छौँ”, उनले भने । जिल्ला प्रशासन कार्यालयमा केही दिन अघिसम्म कम्ब्याट ज्याकेट लगाएर आउने तीन जनालाई फुकाल्न लगाएर सचेत गराएको उनले बताए ।

“नजिकै घर भएको भए तुरुन्तै फेर्न लगाइन्थ्यो, टाढा भएकाले सचेत मात्रै गराइयो”, उनले भने । सरकारद्वारा निषेधित कम्ब्याट पोशाकबारे प्रहरीले अनुगमन गर्नुपर्ने प्रजिअ तिमल्सिनाले बताए ।

उनले भने, “यसबारे कडाइकासाथ लाग्न आग्रह गर्दैछौँ ।” उनले आउँदो जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नियमित बैठकमा आ–आफ्नो क्षेत्रमा निषेधित कम्ब्याट पोशाकबारे कडाइकासाथ लाग्न अनुरोध गरिने बताए ।

“सर्वसाधारणले लगाएको कम्ब्याट ज्याकेट वा अन्य पोशाक कुनै पार्टी विशेषजस्तो पनि देखिने हुँदा सर्वसाधारण अर्थात् गैरसैनिकलाई यस्तो पोशाक लगाउनबाट रोक्न, कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुख अधिकृतलाई निर्देशन दिनेछौँ”, उनले भने ।

जिल्लास्थित पसलमा मौज्दात रहेका कम्ब्याक्ट पोशाक, कपडा र जुत्तासमेत खरीद गरेको ठाउँमै फिर्ता गर्न प्रजिअ तिमल्सिनाले ब्यवसायीलाई समेत आग्रह गरे ।

नेपाली सेनाले आफ्नो पोशाकको दुरुपयोग गरी सर्वसाधारण, विभिन्न निजी सेक्युरिटी कम्पनी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिले लगाएपछि गृह मन्त्रालयलाई पत्राचार गरी गैरसैनिकलाई त्यस्तो पोशाक लगाउन निषेध गर्न आग्रह गरेको थियो ।

सो आग्रहलाई सम्बोधन गर्दै गत साउनमा गृहले सबै जिल्लास्थित प्रशासन कार्यालयलाई गैरसैनिकलाई कम्ब्याक्ट पोशाक निषेध गर्न परिपत्र गरेको थियो । त्यसो त, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत भदौ पहिलो सातादेखि गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

Advertisement

कार्यालयले नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहजरूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई निषेध गर्न अपिल गरे पनि प्रयोग गरिँदै आइएको पाइन्छ । जिल्ला प्रहरी प्रमुख रविकुमार पौडेलले यसबारे स्थानीय प्रशासनसँग समन्वय गरी अनुगमन गरिने बताए । रासस

भर्खरको समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top