×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

लोपउन्मुख पानीगोहोरो सङ्कटमा

१९ पुष २०७६

१९ पुस, नेपालगन्ज ।

विश्वमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण पानीगोहोरो सङ्कटमा परेको हो ।

Advertisement
Advertisement

हल्का खैरो रङको हुने पानीगोहोरोलाई स्थानीय समुदायले ‘पानीकुकुर’ पनि भन्दछन् । सन् २००४ मा गरिएको अध्ययनमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरो नेपालको इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लामा पाइन्छ ।

सन् १९८० देखि २००० सम्म गरिएको अध्ययनमा बढ्दो वन फँडानी, मानवीय अतिक्रमण र खाद्यबालीमा घातक विषादीको प्रयोगका कारण लोप हुँदै गएको पत्ता लागे पनि संरक्षणका लागि हालसम्म पनि पहल नभएको हो ।

एक हजारदेखि तीन हजार मिटरसम्म पाइने पानीगोहोरो झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरु, सिम र स–सना पानीका मुहानमा बर्सातमा बस्ने गरेको अध्ययनकर्ता चिकित्सक के आर खम्बुले बताए ।

बर्सातमा बाहिर देखिने पानीगोहोरो हिउँदमा जमिनमुनि दबेर बस्ने गरेको छ । नेपाल, भारत, चीन, म्यान्मा र थाइल्यान्ड पाइने यो सरीसृप प्रजाति विश्व कति सङ्ख्यामा छ भन्ने अध्ययनकर्ताले यकिन गर्न सकेका छैनन् ।

नेपाल र भारतमा स्थानीय समुदायले औषधि बनाउन प्रयोग गर्ने पानीगोहोरो म्यान्मामा माछा मार्न प्रयोग हुँदै आएको अध्ययनमा उल्लेख छ । नेपालमा स्थानीयवासीले पानीगोहोरो ढाड कम्मर दुखेमा औषधिका रुपमा प्रयोग गर्दै आएको माईपोखरीका कमल मुखियाले बताए ।

विश्वमा पाल्तु जनवारका रुपमा माग बढ्दै गएको पानीगोहोरोको संरक्षणको काम नहुँदा नेपालबाट तस्करीसमेत हुने गरेको अध्ययनकर्ता बताउँछन् ।

भाले १५ दशमलव तीन सेन्टिमिटर र पोथी १६ दशमलव चार सेन्टिमिटर लामो हुने गरेको अध्ययनकर्ता ह्याज एन्ड ड्युटीको अध्ययनमा उल्लेख छ । ड्युटीले सन् २००४ मा पानीगोहोरोेलाई लोपउन्मुख सूचीमा रहेको सरीसृप रहेको निष्कर्ष निकालिएको छ ।

नामका अध्ययनकर्ताले पानीगोहोर संरक्षणका लागि पहल नभए नेपालबाट पूरै लोप भएर जाने अध्ययनमा उल्लेख छ ।

स्न १९८० को दशकदेखि अध्ययन शुरु गरी सन् २००० सम्म अध्ययन गरिए पनि नेपालको इलामस्थित माईपोखरीमा सन् २०१६ मा अध्ययन गरिएको थियो । पानीकुकुरको बालबालिकाले सिकारसमेत गर्दै आएका छन् ।

खासगरी एक हजारदेखि तीन हजार मिटर उचाइमा पाइने सफा पानीमा बस्ने भएपछि पछिल्ला विकास निर्माणका गतिविधिले सिमसार, पोखरी र पानीका मुहान धमिलो भएका कारण सङ्ख्या घट्ने गरेको अध्ययनमा उल्लेख छ ।

बर्सातमा जमिनमाथि र हिउँदमा जमिनमुनि बस्ने गरेकाले अहिलेसम्म विश्वमा कति सङ्ख्या छ भन्ने यकिन भइनसकेको अन्तर्राष्ट्रिय संस्था आयुसिएनले जनाएको छ । आयुसिएन संस्थाले सन् २००४ मा पानीगोहोरोेलाई लोपोन्मुख सूचीमा सूचीकृत गरेको थियो ।

झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरु, सिम र स–सना पानीका मुहानमा पाइने र हिउँदमा जमिनमुनि दबेर बस्ने गरे पनि दक्षिण र पूर्वी एशियामा लोप हुनाका कारण बढ्दो वन फँडानी र मानवीय अतिक्रमण, खाद्यबालीमा घातक विषादीको प्रयोग मुख्य कारक मानिएको छ ।

भारतको दार्जिलिङ क्षेत्रमा लोप हुनाका कारक बढ्दो चिया रोपण, पर्यटकीय क्षेत्रको विकास, व्यापारिक क्षेत्र बनाउनु र बढ्दो सहरीकणका कारण रहेका छन् ।

पूर्वी नेपालका तीन जिल्लामा पाइने गरे पनि संरक्षणका लागि गैरसरकारी संस्थाले सचेतनामूलक कार्यक्रम गरे पनि सरकारी निकायमा कुनै पनि कार्यक्रमहरु सञ्चालन गर्न सकेका छैनन् ।

पूर्वी पहाडी जिल्लाको पहिलो रामसार क्षेत्र माईपोखरीमा पानीगोहोरो पाइने गरे पनि अहिले संरक्षणका काम गाउँपालिकास्तरबाट पहल भइरहेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

Advertisement

माईपोखरी क्षेत्रको स–सना सिमसार क्षेत्रमा पानीगोहोरोेको बासस्थान संरक्षणको काम गरिएको महेश राईको भनाइ छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top