बीबीएलमा सन्दीपको उत्कृष्ट बलिङ, लिए तीन विकेट

बीबीएलमा सन्दीपको उत्कृष्ट बलिङ, लिए तीन विकेट

एजेन्सी, पुस १९
जारी अस्टेलियन टी–२० क्रिकेट बीग बास लिग (बीबीएल) मा मेल्बर्न रेनेगडविरुद्ध नेपाली लेग स्पीनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन् । मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले आफ्नो पाँचौँ खेलमा शनिबार जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर तीन विकेट लिएका हुन् ।

उनले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए । १५औँ आभेरमा तेस्रो ओभर बलिङ गर्न आएका उनले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन्।

त्यस्तै चौँथो बलमा १ रन मात्र खर्चिएका उने पाँचौँ बलमा क्रिस्टियनलाई एलबीडब्लू धरापमा पारे। उनले अन्तिम विकट भने उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन् । उनले अन्तिम ओभरमा तीन रनमात्र खर्चिएर एक विकेट लिएका हुन् ।

टस हारेर पहिलो ब्याटिङ गरिरहेको रेनेगगर्डसले अहिले १८ ओभरमा सात विकेट गुमाउँदै १२९ रन जोडेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.