पैसा लिएर लाइसेन्स बनाइदिने पक्राउ

पैसा लिएर लाइसेन्स बनाइदिने पक्राउ

२८ पुस,काठमाडौँ । 

 नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका बस्नेतले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए ।

पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको महाशाखाले जनाएको छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.