×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेस्सीले भने– ‘रोनाल्डो र मेरो प्रतिस्पर्धा सधैं रहिरहन्छ’

१ माघ २०७६

एजेन्सी, माघ १
बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्रिस्टियानो रोनाल्डो ला लिगामा खेल्दा दुई खेलाडी बीचको प्रतिस्पर्धा सधैंभर दर्शकहरुमाझ ताजा नै रहने बताएका छन् । रोनाल्डो हाल इटालियन लिगमा खेलेपनि दुई बीचको प्रतिस्पर्धा बिर्सन नसकिने मेस्सीले बताएका हुन् ।

मेस्सीले रोनाल्डोसँगको प्रतिस्पर्धा लामो समय चलेको र उच्च बिन्दुमा प्रतिस्पर्धा हुनुले पनि समर्थकहरुलाई बिर्सन कठिन हुने बताए । उनले रोनाल्डो इटालियन लिगमा गएपनि प्रतिस्पर्धा अझै ताजा रहेको अभिव्यक्ति दिए । मेस्सीले डीएजेडएनसँग बोल्दै भने ‘ यो प्रतिस्पर्धा निकै विशेष थियो । र, सधैंभर यादगार नै रहनेछ । यति लामो समयसम्म उच्च विन्दुमा रहेर प्रतिस्पर्धा गर्नु निकै कठिन थियो । र हामी जुन टोलीमा खेल्यौं दुवै टोलीले हामीबाट सधैं उत्कृष्ट नै अपेक्षा गरिरह्यो । विश्वको दुई उत्कृष्ट टोलीमा खेल्नुले पनि हामीलाई सहयोग गर्यो ’।

Advertisement
Advertisement

रोनाल्डो र मेस्सीले सन् २००९ देखि २०१८ सम्म स्पेनिस ला लिगमा एक अर्कासँग नियमित प्रतिस्पर्धा गरेका थिए । चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाबाट खेल्नुले पनि यी दुईको प्रतिस्पर्धामा थप रोमान्चक भएको थियो । मैदानमा यी दुई खेलाडीले लगातार प्रतिस्पर्धा गर्दै पछिल्लो दशक विश्व फुटबलमा वर्चस्व नै कायम गरे ।

यसक्रममा रोनाल्डो र मेस्सीले पछिल्लो १२ वर्षमा ११ पटक ब्यालोन डी’ओर अवार्ड जिते । सन् २०१९ मा मेस्सीले उपाधि जित्दै यी दुईको वर्चस्व केहि हदसम्म कम गरे । मेस्सीले ४ वर्षको अन्तरलपछि सन् २०१९ मा आफ्नो छैटौं ब्यालोन डी’ओर उपाधि जिते । उनले यससँगै ५ पटक सो उपाधि जितेका रोनाल्डोलाई उछिने । रोनाल्डो ला लिगामा खेलेको समयमा उनले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरे । ठिक यस समयमा मेस्सीले भने ४ सय ७८ खेल खेल्दै ४ सय ७२ गोल गर्न सफल रहे ।

Advertisement

मेस्सीले रोनाल्डो रियल म्याड्रिडबाट खेल्दा एल क्लासिको पनि विशेष रहने गरेको बताए । उनले रोनाल्डो रियलबाट खेलेको कारण नै त्यस समय एल क्लासिकोले बढी महत्त्व पाएको अभिव्यक्ति दिए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top