बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

२९ पुस ७६, बुधबार

१ माघ,काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् ।

माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उनले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गरिन् ।

उनले आफू एकदिन भए पनि मकर सङ्क्रान्तिका अवसरमा बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताइन् ।

Advertisement

नेपाल बाल सङ्गठनका बालबालिकाले शीतल निवास परिसर र राष्ट्रपति निवास अवलोकनपछि आयोजित कार्यक्रममा विभिन्न गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए । यसैगरी पद्मकन्या बहुमुखी क्याम्पसका छात्राले पनि विशेष नृत्य प्रस्तुत गरेका थिए ।

शीतल निवासमा बालबालिकालाई माघी पर्वमा खाइने मिष्ठान्न भोजन गराइएको थियो । विगतमा माघीका अवसरमा राजनीतिक दलका नेतासँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउने गरेकी छिन् ।

Advertisement

बालबालिकाको हितका लागि राष्ट्रको ध्यान खिंचियोस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको जनाइएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

सम्बन्धित समाचार

Scroll to Top