सोलुमा आगलागीबाट लाखौँको क्षति

सोलुमा आगलागीबाट लाखौँको क्षति

२ माघ, सोलुखुम्बु ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ केरुङ बस्ने मानकाजि थापा मगरको घरमा आगलागी हुदा पैसठी लाख बराबरको क्षति भएको छ ।

बुधबार राती साढे ११ बजे दुधकुण्ड नगरपालिका–८ केरुङ बस्ने थापा मगरको ढुङ्गा माटो र ढुङ्गाकै छानो भएको २ तले घरमा आगलागी भउको थियो ।

आगलागीबाट सो घर भित्र रहेको नगद १ लाख ५० हजार, ५ तोला सुन, अन्नपात, ३० वटा कुखुरा तथा जिन्सी समानहरु जलेर पूर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको छ ।

घटनाबारेमा जानकारी पाउनासाथ गएको प्रहरी चौकी केरुङबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा विहान साढे ३ बजे मात्र आगलागी नियन्त्रणमा लिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.