बीबीएल : स्कोचर्समाथि मेलवर्न स्टार्सको जित, सन्दीपले लिए १ विकेट

४ माघ ७६, शनिबार
Share this
758shares

एजेन्सी, माघ ४
अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–२० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध टीम मेल्बर्न स्टार्सले लगातार आठौँ जित निकालेको छ। शनिबार भएको खेलमा स्टार्सले पर्थ स्कोचर्सलाई १० रनले पराजित गर्दै लगातार जित निकालेको हो।

Advertisement

टस जितेर पहिलो ब्याटिङ गरेको स्टार्सले ६ विकेट गुमाउँदै १४१ रन बनाएपछि १४२ रनको लक्ष्य पछ्याएको स्कोचर्स ९ विकेटको क्षतिमा १३१ रनमै समेटियो।

स्कोचर्सका लागि क्यामेरन ब्यांक्रफ्टले ३२ रन जोडे। त्यस्तै कुर्तिस प्याटर्सनले २० रन बनाए भने लिआम भिङ्स्टोनले १८ रन जोडे।स्कोचर्सलाई रोक्न स्टार्सका निक म्याडिसनले ३ विकेट झारे। ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए।

Advertisement

त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट हात पारे। उनले सातौँ ओभरको चौँथो बलमा १८ रन बनाएर खेलिरहेका लिआम लिभिङ्स्टोनलाई क्याच आउट गराएका हुन्। उनले पहिलो बलमा क्यामेरोन ब्यांक्रफ्टलाई ४ रन दिए। दोस्रो बलमा ब्यांक्रफ्ट १ रन दौडिए। त्यसपछि स्ट्राइकमा आएका लिभिङ्स्टोनलाई तेस्रो बलमा कुनै रन दिएनन् र चौँथो बलमा क्याच आउट गराए।

यसअघि ब्याटिङ गरेको स्टार्सका लागि हिल्टोन कार्टराइटले सर्वाधिक ५८ रन जोडेका थिए। उनी ५६ बल खेल्दै नटआउट रहेका थिए। त्यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५ रन जोडेका थिए भने निक लार्किनले महत्वपूर्ण २४ रन बनाएका थिए।

Advertisement

यो जितसँगै स्टार्सले ११ खेलबाट १० खेलमा जित निकाल्दै २० अंक जोडेर शीर्षस्थानमा कायमै छ। त्यस्तै स्कोचर्स भने समान खेलबाट १० अंकसहित चौँथो स्थानमा रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top