×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

चिनमा विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप सञ्चालनमा

एजेन्सी, माघ ४
चिनले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप सञ्चालनमा ल्याएको छ । दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा रहेको सो टेलिस्कोप ज्यानुअरी १२ को सातादेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो । ठूलो कचौरा आकारमा रहेको टेलिस्कोप आकाशतिर फर्किएको छ।

यसको औपचारिका नाम फाइभ–हन्ड्रेड–मिटर एपेर्चर स्पेरिकल टेलिस्कोप हो। तर यसको छोटकरी रूप एकएएसटी अर्थात् फास्टको नामले धेरै चिनिन्छ। चीनले यसलाई दिएको उपनाम भने ‘आकाश आँखा’ हो।

फास्टले ब्रह्माण्डका सबैभन्दा पर र अँध्यारो किनाराहरूमा यसको उत्पत्ति र अन्य जीवका बारेमा खोज गर्नेछ। नाम राखिएझैँ यो टेलिस्कोपको व्यास आधा किलोमिटर रहेको छ। अमेरिकाको प्वेर्टो रिकोमा रहेको दोस्रो ठूलो रेडिओ टेलिस्कोपको व्यास ३०५ मिटर मात्रै रहेको छ।

सन् २०१६ को सेप्टेम्बरमा फास्टको निर्माण पूरा नभएसम्म त्यो सबैभन्दा ठूलो रेडिओ टेलिस्कोप थियो। फास्ट सबैभन्दा ठूलो मात्रै होइन्, अहिले भएका सबै रेडिओ टेलिस्कोपभन्दा २.५ गुणाले बढी संवेदनशील छ। यसको निर्माण सन् १९९० को दशकमा शुरू भएको थियो।

यसका निर्माताहरूले यसले ब्रह्माण्डको उत्पत्ति र विकासका बारे नयाँनयाँ कुरा पत्ता लगाउने अपेक्षा राखेका छन्। यसले अन्तरिक्षमा भएका नचिनिएका पदार्थ र अन्य ग्रहका जीवका सम्भावित सङ्केतहरूको अध्ययन गर्नेछ।

परीक्षणकालमा फास्टले १०२ नयाँ पल्सर भनिने केही अन्तरालमा तरङ्ग छोड्ने एक प्रकारको घुम्ने तारा पत्ता लगाएको छ। ब्रिटिश कोलम्बिया विश्वविद्यालयका बिल म्याककुट्चेनले यसलाई गजबको उपलब्धि भनेका छन्।

फास्टको अन्तरिक्षमा रहेका हाइड्रोजनजस्ता ग्यासहरूको अध्ययन गर्न सक्ने क्षमताले पनि वैज्ञानिकहरू उत्साहित छन्। फास्टको निर्माण खर्च १८ करोड अमेरिकी डलर लागेको बताइएको छ। यो टेलिस्कोपमा ४,४०० वटा अल्मुनियमका पाताहरू रहेका छन् जसलाई घुमाउन मिल्छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top