निशान भट्टराईको ‘लाहुर जाने रेल’ बोलको गीत सार्वजनिक (भिडियो)

३ माघ ७६, शनिबार

४ माघ, काठमाडौँ ।
नेपाल आइडल फस्ट रनरअप गायक निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

निशानको आवाज रहेको गीतको भिडियोमा अभिनयपनि निशान स्वयंमले गरेका छन् । भिडियोमा उनलाई ऋचा न्यौपानेले साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत प्रशान्त पौडेलको रहेको छ ।

भिडियोलाई प्रविन भट्टराईले निर्देशन गरेका हुन् भने अनिल के मानन्धरले छायाँकन गरेका हुन् ।

Advertisement

https://youtu.be/o2ozmVlKgz0

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top