एमसीसी राष्ट्र हितमा छःकमल थापा

४ माघ ७६, शनिबार
Share this
747shares

४ माघ, मकवानपुर ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता राष्ट्र हितमा रहेको राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले बताएका छन् ।

Advertisement

शनिबार पार्टीको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको वागमती प्रदेशस्तरीय श्रमिक भेलामा थापाले अमेरिकाले नेपालकै आग्रह अनुसार एमसीसी परियोजनमार्फत् पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने सहमति गरेको बताए।

सहयोग अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको थापाले बताए। ‘एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि हुँदैन।

Advertisement

यो अपरिपक्व अभिव्यक्ति हो। यसलाई पनि अरुण तेस्रो जस्तो धरापमा पार्न खोजिएको छ। यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन। यसलाई पास गरेर जानु नै नेपालको हितमा हुनेछ,’ थापाले भने।

उनले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादको असर संघीय सदनमा देखिएको भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी रहेको बताए।

Advertisement

‘पार्टीभित्र केही व्यक्तिको राय नमिलेको कारण सभामुख चयन प्रक्रिया पटकपटक अबरुद्ध भइरहेको छ। पार्टीको आन्तरिक विवादले सदन अबरद्ध हुनु भनेको प्रजातान्त्रिक मूल्य मान्यता विरुद्ध हो’, थापाले भने।

उनले नेकपालाई सभामुख चयन प्रक्रिया अगाडि बढाएर सदन सूचारु गर्न आग्रह गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top