५ माघ, काठमाडौँ ।
नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । उपसभामुखको राजीनामा र नयाँ सभामुख चयनबारे सहमति गर्न आइतबार बिहान ९ बजेदेखि छलफल भइरहेको हो ।
बिहीबार र शुक्रबार लगातार छलफल गरेका अध्यक्षद्वयबीच छिट्टै सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्ने सम्भावना देखिएको छ ।
यता सत्तारुढ दलभित्रै सभामुख चयनको विषयमा विगत १ महिनादेखि मतभेद भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भइरहेको छ । उपसभामुख तुम्बाहाङ्फेले नेकपामा सभामुखलाई लिएर सहमति नभएपछि माघ ७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाएकी छिन् ।