नेपाल आएकी बेल्जियमकी राजकुमारीले परराष्ट्रमन्त्रीलाई भेटिन्

नेपाल आएकी बेल्जियमकी राजकुमारीले परराष्ट्रमन्त्रीलाई भेटिन्

५ माघ, काठमाडौँ ।
बेल्जियमकी राजकुमारी अस्त्रिद र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ताभएको छ । एक हप्ते नेपाल भ्रमणका लागि नेपाली आएकी अस्त्रिद र ज्ञवालीबीच आइतबार साँझ भेटवार्ता भएको हो ।

उनले नेपाल बसाईको क्रममा कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका विरामीलाई भेट्नेछिन । त्यसैगरी नवलपरासीको मध्यविन्दु असप्तालमा रहेको क्षयरोगका विरामीलाई भेट्ने कार्यक्रम पनि रहेको बताइएको छ । यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ । आइतबार राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.